सर्लाहीमा गोली प्रहारबाट शिक्षकको हत्या, एक अभियुक्त पक्राउ

सर्लाही हत्या, शिक्षकमाथि गोली प्रहार, रामपुकार यादव, सर्लाही समाचार, हरिपुरा हत्या घटना, नेपाल अपराध समाचार, गोलीकाण्ड सर्लाही, शिक्षकको मृत्यु ---सर्लाही हत्या, शिक्षकमाथि गोली प्रहार, रामपुकार यादव, सर्लाही समाचार, हरिपुरा हत्या घटना, नेपाल अपराध समाचार, गोलीकाण्ड सर्लाही, शिक्षकको मृत्यु

सर्लाही हत्या, शिक्षकमाथि गोली प्रहार, रामपुकार यादव, सर्लाही समाचार, हरिपुरा हत्या घटना, नेपाल अपराध समाचार, गोलीकाण्ड सर्लाही, शिक्षकको मृत्यु

---सर्लाही हत्या, शिक्षकमाथि गोली प्रहार, रामपुकार यादव, सर्लाही समाचार, हरिपुरा हत्या घटना, नेपाल अपराध समाचार, गोलीकाण्ड सर्लाही, शिक्षकको मृत्यु

साउन ३१, २०८२।

सर्लाही – सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–६ मा अज्ञात समूहद्वारा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ। गोली लागेर गम्भीर घाइते भएका शिक्षक रामपुकार यादवको उपचारका क्रममा बाटोमै निधन भएको हो। घटनापछि एक जना पक्राउ परेका छन् भने अन्य संलग्न व्यक्तिहरू फरार छन्।

प्रहरीका अनुसार राति करिब साँढे ८ बजेतिर यादवमाथि गोली प्रहार गरिएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा उनलाई तत्कालै महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको डाक्टरहरूले पुष्टि गरेका छन्।

घटनास्थलबाट मोटरसाइकलमा भाग्दै गरेका व्यक्तिहरू दुर्घटनामा परेका थिए, जसमा एक जना पक्राउ परेका छन्। सो व्यक्ति अहिले प्रहरी नियन्त्रणमा छन् भने अरू अभियुक्तहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शिक्षक यादवको मृत्युले स्थानीय क्षेत्र शोकमा डुबेको छ। उनका सहकर्मी, विद्यार्थी र स्थानीयबासीले दोषीलाई कडा कारबाहीको माग गरेका छन्। घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।