सञ्चारमन्त्री जगदीश खरेल स्वदेश फर्कियो

फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजिज एन्ड च्यालेन्जेस’ तथा ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई मुख्य सत्रहरू सञ्चालन भएका थिए।

कात्तिक ३०, २०८२।   काठमाडौं दैनिक संवाददाता

फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजिज एन्ड च्यालेन्जेस’ तथा ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई मुख्य सत्रहरू सञ्चालन भएका थिए।

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर शनिबार राति स्वदेश फर्किएका छन्।

मन्त्री खरेल कात्तिक २५ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोरिया प्रस्थान गरेका थिए। कोरियाको विज्ञान तथा आईसीटी (MSIT) मन्त्रालय र नेशनल इनफर्मेसन सोसाइटी एजन्सी (NIA) को संयुक्त आयोजनामा फोरम सिओलमा सम्पन्न भएको थियो।

फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजिज एन्ड च्यालेन्जेस’ तथा ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई मुख्य सत्रहरू सञ्चालन भएका थिए।

मन्त्री खरेलले नेपालले एआई नीति तयार पारी राष्ट्रीय एआई केन्द्र सञ्चालनमा ल्याएको तथा एआई काउन्सिल गठन प्रक्रिया अघि बढाइरहेको सन्दर्भमा फोरमले महत्वपूर्ण ज्ञान र अनुभव प्रदान गरेको बताए। स्मार्ट सिटी मोडेल आदिबारे सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

दक्षिण कोरियामा रहँदा मन्त्री खरेलले सिओल एआई फाउन्डेसन द्वारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ को अवलोकन गरेका थिए। साथै उनले सिओलस्थित नेपाली दूतावास पनि भ्रमण गरेका थिए।

यसैक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले नेपाली समुदायसँग मन्त्री खरेलको अन्तरक्रिया कार्यक्रमसमेत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।