शिक्षिका कुन्ता राई: आफैँ सिटी सफारी चलाएर विद्यार्थीलाई विद्यालय ल्याउँछिन् र घरमा पुर्‍याउछिन्

शिक्षिका कुन्ता राई, झापा समाचार, स्कूल बस चलाउने शिक्षिका, प्रेरणादायी नेपाली महिला, नेपाली शिक्षा क्षेत्र शिक्षिका कुन्ता राई विद्यार्थीहरु संग।
शिक्षिका कुन्ता राई, झापा समाचार, स्कूल बस चलाउने शिक्षिका, प्रेरणादायी नेपाली महिला, नेपाली शिक्षा क्षेत्र
शिक्षिका कुन्ता राई विद्यार्थीहरु संग।

भदौ ४, २०८२।

काठमाडौं – झापाको श्री चमरधाप प्राथमिक विद्यालयमा हाल कक्षा ३ सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। तर यो विद्यालय अरूभन्दा केही फरक छ। यहाँ शिक्षिका कुन्ता राई केवल विद्यार्थी पढाउने मात्रै होईन उनी विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आफैँ सिटी सफारीको स्टेरिङ सम्हाल्दै विद्यालय ल्याउने र घर पुर्‍याउने काम पनि गर्छिन्।

२९ वर्षीया शिक्षिका राईको दिनको सुरूवात विद्यार्थीहरूलाई घर–घर पुगेर विद्यार्थीहरू ल्याउने कामबाट हुन्छ। बिहान उनी सिटी सफारी चलाएर बच्चाहरूलाई विद्यालय ल्याउँछिन्, कक्षामा पढाउँछिन्, अनि फेरि विद्यालयपछि सिटी सफारीमा घरसम्म सुरक्षित पुर्‍याउँछिन्।

म अहिले लोक सेवा आयोगको तयारी गर्दै छु,उनले भनिन्, तर नाम निकालेर यही पेसामा आफूलाई राखेर काम गर्न पाउँदा धेरै खुसी लाग्छ। मेरा अरू साथीहरू विदेश जाने सोचमा छन्, तर म आफ्नै देशमा शिक्षिका बनेर विद्यार्थीको भविष्य निर्माण गर्न चाहन्छु।

शिक्षिका कुन्ता राई, झापा समाचार, स्कूल बस चलाउने शिक्षिका, प्रेरणादायी नेपाली महिला, नेपाली शिक्षा क्षेत्र
शिक्षिका कुन्ता राई विद्यार्थीहरु संग ।

शिक्षिका राईको यो त्याग र समर्पणले शिक्षकको भूमिका केवल कक्षामा पढाउने मात्रै नभइ विद्यार्थीहरूको जीवन र सुरक्षासम्मको जिम्मेवारी पनि हो भन्ने सन्देश दिएको छ।

उनको उदाहरणिय कामले समुदायमा शिक्षकको सामाजिक भूमिकालाई नयाँ दृष्टिकोण दिएको छ। स्थानीय अभिभावकहरू समेत उनको यो समर्पणप्रति प्रशंसा व्यक्त गर्ने गर्छन्। शिक्षिका राईको यो प्रतिबद्धता नेपाली शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।