वीरगञ्जमा हैजा फैलियो, संक्रमितको संख्या ७९ पुग्यो

हैजा नेपाल,,, वीरगञ्ज हैजा,,, हैजाको संक्रमण,,, वीरगञ्जमा हैजा २०८२,,, Parsa cholera outbreak,,, Narayani hospital Birgunj,,, हैजा संक्रमित संख्या,,, हैजा रोग नेपाल,,, cholera outbreak Nepal 2025,,, Birgunj health news,,, --- वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा हैजाका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै ।
हैजा नेपाल,,, वीरगञ्ज हैजा,,, हैजाको संक्रमण,,, वीरगञ्जमा हैजा २०८२,,, Parsa cholera outbreak,,, Narayani hospital Birgunj,,, हैजा संक्रमित संख्या,,, हैजा रोग नेपाल,,, cholera outbreak Nepal 2025,,, Birgunj health news,,,---
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा हैजाका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै ।

भदौ ९, २०८२।

पर्सा – वीरगञ्ज महानगरपालिका क्षेत्रमा समुदायस्तरमै हैजा (Cholera) को सङ्क्रमण फैलिएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म कुल ७९ जना हैजा संक्रमित भेटिएका छन्।

गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका बिरामी भेटिन थालेका हुन्। अहिलेसम्म १०३ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भइसकेका छन्। नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार हैजाका कारण अस्पतालमा श्यया र जनशक्तिको अभाव देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का प्रतिनिधिहरूले स्थानीय पानीको परीक्षण थालेका छन्। स्वास्थ्य अधिकारीहरूले सम्भवतः आजभित्रै हैजाको स्रोत पत्ता लाग्ने आशा व्यक्त गरेका छन्।

नारायणी अस्पतालमा मात्र ३० जना संक्रमित भर्ना भएका छन् भने अन्य अस्पतालहरू- तराई अस्पताल, नेशनल मेडिकल कलेज, भवानी अस्पताललगायतमा पनि हैजाका बिरामी भेटिएका छन्। अहिलेसम्म कागजी रूपमा सहयोगको आश्वासन भए पनि वास्तविक जनशक्ति र आवश्यक स्वास्थ्य सामग्री भने आइपुगेको छैन।

यससँगै वीरगञ्जका स्वास्थ्य संस्था विभिन्न प्रकारका अन्य महामारी (जस्तै ज्वरो, सर्पदंश, प्यारालाइसिस) सँग पनि जुधिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।