लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी अनुबन्ध

लुम्बिनी लाभाज, Everest Women’s Volleyball League 2082, महिला भलिबल लिग नेपाल, लुम्बिनी लाभाज विदेशी खेलाडी, Nepali Volleyball News

लुम्बिनी लाभाज, Everest Women’s Volleyball League 2082, महिला भलिबल लिग नेपाल, लुम्बिनी लाभाज विदेशी खेलाडी, Nepali Volleyball News

भदौ ११, २०८२।

काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०८२ का लागि लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई अनुबन्धन गरेको छ । मंगलबार जारी गरिएको विज्ञप्तीमार्फत क्लबले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टोलीमा भित्र्याएको जनाएको छ ।

यसअघि नै रसियाकी ब्लकर भेरोनिका जुवरेभा लाई अनुबन्ध गरिसकेको लुम्बिनीले अब तीन विदेशी खेलाडीका साथ प्रतियोगितामा प्रवेश गर्ने भएको छ । विदेशी अनुभव र नेपाली प्रतिभाको संयोजनले यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको क्लबले जनाएको छ।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही लाई मार्की खेलाडी बनाएको लुम्बिनीले अक्सनमार्फत राष्ट्रिय टोलीका सदस्य कामना विष्ट र शान्तिकला तामाङ लगायतका खेलाडीलाई पनि अनुबन्ध गरेको छ । यू-२० टोलीमा खेलिसकेका अलिसा मानन्धर, अनुसा चौधरी र जेनिशा विश्वकर्मा, साथै रोमा महतो र रिकजना माझी पनि टोलीमा समावेश छन् ।

जानकी केसी, लुम्बिनी लाभाज, महिला भलिबल लिग, EWVL 2025, वात्सल्य एभरेष्ट महिला भलिबल
जानकी केसीलाई लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले सम्झौता पत्र प्रदान गरेकी छिन् ।

लुम्बिनीले ट्यालेन्ट हन्टमार्फत उदाएकी खेलाडी जानकी केसी लाई समेत अनुबन्ध गरिसकेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको सशक्त संयोजनले टोलीलाई यस सिजनको बलियो प्रतिद्वन्द्वीका रूपमा उभ्याउने विश्वास गरिएको छ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुने छ । यस प्रतियोगितामा आकर्षक खेल प्रदर्शनसँगै नेपाली महिला खेलाडीको सशक्तीकरण र भलिबलको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।