रास्वपाका डिपिसहित तीन नेता भारत प्रस्थान

रास्वापा नेता भारत यात्रा, डोलप्रसाद अर्याल भारत प्रस्थान, हैदराबाद नेपाली समुदाय, सन्तोष परियार, लिमा अधिकारी, रास्वपा भारत भ्रमण

रास्वापा नेता भारत यात्रा, डोलप्रसाद अर्याल भारत प्रस्थान, हैदराबाद नेपाली समुदाय, सन्तोष परियार, लिमा अधिकारी, रास्वपा भारत भ्रमण

साउन ३१, २०८२।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको छ। उनीहरू हैदराबादमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन लागेको हो।

डीपी अर्यालसँगै पार्टीका प्रमुख सचेतक सन्तोष परियार र कोषाध्यक्ष लिमा अधिकारी पनि सो भ्रमणमा सहभागी छन्।

यस भ्रमणले दुई देशबीच समन्वय सुदृढ हुन र प्रवासी नेपालीसँगको सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।