राजेन्द्र लिङदेनद्वारा रवि लामिछानेसँग भेट, कारागारको अवस्थाप्रति गम्भीर चिन्ता

राजेन्द्र लिङदेन, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, भैरहवा कारागार, कारागार सुविधा, गृहमन्त्री रामेशलेक खरेल, रुपन्देही उपनिर्वाचन, नेपाली राजनीति, थुनामा राखिएको नेता, कारागार सुरक्षा

राजेन्द्र लिङदेन, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, भैरहवा कारागार, कारागार सुविधा, गृहमन्त्री रामेशलेक खरेल, रुपन्देही उपनिर्वाचन, नेपाली राजनीति, थुनामा राखिएको नेता, कारागार सुरक्षा

साउन २८, २०८२।

काठमाडौं – राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले दोस्रो पटक भैरहवा कारागार पुगेर रास्वपा पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन्। भेटवार्तामा रवि लामिछानेको स्वास्थ्य अवस्था, राष्ट्रिय राजनीति, संसदको गतिविधि र रुपन्देहीमा हुने आगामी उपनिर्वाचनलगायत विभिन्न विषयमा छलफल गरेका थिए।

राजेन्द्र लिङदेनले आफ्नो सामाजिक सञ्जालमार्फत बताएका छन् कि देशको एक महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधा पनि सरकारले नदिएकाले दु:ख लागेको छ।भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिले अनुपयुक्त रहेको बताउँदै उनले गृहमन्त्री रमेेश लेखकको ध्यानाकर्षण गराएका छन्।

उनले भने, उहाँलाई तत्काल काठमाडौँ सार्न उपयुक्त हुनेछ ताकि उहाँको स्वास्थ्य र सुरक्षामा कुनै प्रकारको समस्या नहोस्।

अध्यक्ष लिङदेनले सरकारसँग कारागार व्यवस्थापनमा सुधार गरी राजनैतिक नेताहरूलाई न्यूनतम सम्मान र सुविधा प्रदान गर्न समेत आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।