राजनीतिक दलको मूल्यांकन जनताले गर्ने हो, आयोगको होइन “सांसद गौतम”

राजनीतिक दल मूल्यांकन, निर्वाचन आयोग विवाद, सोबिता गौतम अभिव्यक्ति, स्वमूल्यांकन कार्यविधि, संविधान उल्लंघन, नयाँ दल नियन्त्रण, साना पार्टी समस्या, बहुदलीय लोकतन्त्र नेपाल, निर्वाचन आयोगको अधिकार, राष्ट्रिय स्वतन्त्र पार्टी सांसद संसद सोबिता गौतम

राजनीतिक दल मूल्यांकन, निर्वाचन आयोग विवाद, सोबिता गौतम अभिव्यक्ति, स्वमूल्यांकन कार्यविधि, संविधान उल्लंघन, नयाँ दल नियन्त्रण, साना पार्टी समस्या, बहुदलीय लोकतन्त्र नेपाल, निर्वाचन आयोगको अधिकार, राष्ट्रिय स्वतन्त्र पार्टी सांसद
संसद सोबिता गौतम

साउन २२, २०८२।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२ को कडा विरोध गर्दै यो संविधानविपरीत रहेको बताएकी छन्। उनले राजनीतिक दलहरूको मूल्यांकन गर्ने अधिकार जनता संग भएको स्पष्ट गर्दै आयोगले साना र नयाँ दललाई नियन्त्रण गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाइन्।

बुधबार प्रमुख प्रतिपक्ष बाहेकका दलहरूको भेलामा सहभागी गौतमले भनिन्, निर्वाचन आयोगको काम दल दर्ता, चुनाव गराउने, सूचना अद्यावधिक गर्ने र अभिलेख राख्ने हो। मूल्यांकन गर्ने अधिकार जनताको हो, आयोगको होइन।

उनले कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको उल्लंघन भएको दाबी गर्दै भनिन्, स्वमूल्यांकन भनिए पनि कार्यविधिमा दलहरूको मूल्यांकन कर्मचारीले गर्ने प्रावधान छ। यसरी साना र विपक्षी दललाई नियन्त्रण गर्न खोजिएको हो।

उनले कांग्रेस र एमालेलाई मात्र सशक्त बनाउने र बाँकी दललाई कमजोर बनाउने नियत देखिएको बताउँदै भनिन्, सत्तारूढ दलहरूको इसारामा निर्वाचन आयोगले यस्तो खाका ल्याएको छ। दलहरूको स्वतन्त्रता र बहुलवादमाथि हमला गर्न खोजिएको छ।

निर्वाचन आयोगले हालै राजनीतिक दलहरूलाई पठाएको कार्यविधिअनुसार अब राजनीतिक दलहरूको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन आयोगका कर्मचारीले गर्ने उल्लेख छ। दलहरूले स्वमूल्यांकन गरे-नगरेको छानबिन गर्ने अधिकारसमेत आयोगसँग हुनेछ। आवश्यक ठानेमा सम्बन्धित आयुक्तसमक्ष रायसहित निर्णय सिफारिस गर्न सकिनेछ।

गौतम भन्छिन्, राजनीतिक दलहरूको मूल्यांकन गर्ने अधिकार निर्वाचन आयोगसँग छैन, त्यो अधिकार जनताको हो। आयोगले ल्याएको कार्यविधि बहुदलीय प्रणालीमाथि हस्तक्षेप हो जुन लोकतन्त्रको मर्मविपरीत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।