कार्तिक २४, २०८२। उपसना पौडेल

झापा – नेपाल पुलिस क्लबले झापामा सम्पन्न एलभीडी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १–० गोलले हराउँदै पुलिसले झापा गोल्डकपको उपाधि जितेको हो।
शिवसताक्षीस्थित दूधेखेल रंगशालामा भएको फाइनल खेलमा मिना देउवाको एक मात्र निर्णायक गोल पुलिस क्लबको जितको कारण बन्यो। खेलको २२औं मिनेटमा रेखा पौडेलको प्रहार डिफेन्डरमा लागी फर्किएको बल मिना देउवाले पेनाल्टी एरियाबाट गोलमा परिणत गरेकी थिइन्।

एपिएफले खेलभर बराबरी गोल फर्काउने अवसरहरू पायो तर गोलकिपर उषा नाथको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। पुलिसकी पूजा रानाले पनि खेलमा उत्कृष्ट प्रदर्शन गर्दै “फाइनल अफ द म्याच” बन्न सफल भइन्।
च्याम्पियन पुलिस क्लबले १० लाख १० हजार रुपैयाँ प्राप्त गर्यो।
उपविजेता एपिएफ क्लबले ५ लाख रुपैयाँमा सन्तोष मान्यो।
मिना देउवा सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन्।
उत्कृष्ट गोलकिपर – उषा नाथ (पुलिस)
उत्कृष्ट डिफेन्डर – मनमाया दमाई (एपिएफ)
उत्कृष्ट मिडफिल्डर – रेनुका नगरकोटी (एपिएफ)
उत्कृष्ट फरवार्ड – अनिता बस्नेत (एपिएफ)
उत्कृष्ट प्रशिक्षक – भोला सिलवाल (पुलिस)
उदयमान खेलाडी – जेनिफर राना मगर (आर्मी)
कात्तिक १७ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरका ८ टोलीको सहभागिता थियो।

मिना देउवाको नेतृत्वमा महिला पुलिस क्लबको यो जित नेपाली महिला फुटबलमा नयाँ उचाइको प्रतीक बनेको छ। पुलिसको अनुशासन र रणनीतिक खेलशैलीले झापा गोल्डकपमा निर्णायक भूमिका खेलेको छ ।










