मधेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छालाई राप्रपाको तत्काल फिर्ता हुन निर्देशन

rajendra lingden.राप्रपा, कञ्चन बिच्छा, मधेश प्रदेश, सरोजकुमार यादव, मन्त्री फिर्ता, राजेन्द्र लिङ्देन, मधेश राजनीति, UML सरकार, Madhesh Government, Kanchan Bichha, RPP Nepal

कार्तिक २४, २०८२।   प्रयास लामा

rajendra lingden.राप्रपा, कञ्चन बिच्छा, मधेश प्रदेश, सरोजकुमार यादव, मन्त्री फिर्ता, राजेन्द्र लिङ्देन, मधेश राजनीति, UML सरकार, Madhesh Government, Kanchan Bichha, RPP Nepal

जनकपुरधाम – मधेश प्रदेश सरकारमा सहभागी बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद कञ्चन बिच्छालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल फिर्ता हुन निर्देशन दिएका छन्।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक जनालाई मन्त्री नियुक्त गरेका थिए। सो क्रममा राप्रपाबाट बिच्छा मन्त्री बनेकी थिइन्। तर अध्यक्ष लिङ्देनले उक्त निर्णय पार्टीको सहमति बिना भएको भन्दै उनलाई सरकारबाट फिर्ता हुन आदेश दिएका हुन्।

लिङ्देनले संचारकर्मीहरु संग कुरा गर्दै भने, हाम्रो अहिले त्यस्तो सरकारमा सामेल हुने कुनै कार्यक्रम छैन। त्यो पार्टीको सहमतिमा गरिएको कुरा पनि होइन। तत्काल फिर्ता हुन निर्देशन दिइसकिएको छ।

राप्रपाले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत पनि सो निर्देशन सार्वजनिक गरेका छन्। मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको उल्लंघन हो, लिङ्देनले लेखेका छन्,
राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन गरिएको छ। अन्यथा विधानबमोजिम कारबाही हुनेछ।

यो घटनाले मधेश प्रदेशको नयाँ गठबन्धनमा थप राजनीतिक तनाव सिर्जना गरेको विश्लेषकहरूको टिप्पणी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।