मधेश प्रदेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

कात्तिक २८, २०८२।   काठमाडौं दैनिक संवाददाता

जनकपुरधाम – मधेश प्रदेशसभामा उत्पन्न भइरहेको राजनीतिक तनाबबीच सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्। सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको संवेदनशील परिस्थितिको अवस्थामा आएको यस निर्णयले प्रदेशसभामा नयाँ तरंग पैदा गरेको छ।

सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेको भन्दै पाँच जना सांसदलाई पदमुक्त गरेका हुन्। पदमुक्त हुनेमा नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह, जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन कलवार र सारदा प्रसाद कलवार रहेका छन्।

यस कारबाहीको आधार नेपाल संविधानको धारा १८० को उपधारा ‘घ’ रहेको सभामुखद्वारा जारी सूचनामा उल्लेख छ। उक्त प्रावधान अनुसार प्रदेशसभालाई सूचना नदिई लगातार १० बैठकमा अनुपस्थित रहे सदस्यको स्थान रिक्त हुने व्यवस्था छ।

सभामुखले २०८२ कात्तिक २७ गतेदेखि नै उनीहरूको पद रिक्त भएको सूचना जारी गरेका छन्। सूचनामा भनिएको छ,
लगातार १० बैठकमा अनुपस्थित रहेका सदस्यहरु मिति २०८२।०७।२७ गतेदेखि पदमुक्त भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

यसअघि मधेश प्रदेशसभामा सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सत्ता–विपक्षीबीच हात हालाहालसम्मको घटना भएको थियो। राजनीतिक तरंगबीच आएको सभामुखको यो निर्णयले आगामी प्रक्रिया अझै जटिल बन्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।