भारत र चीनबीच लिपुलेकमार्फत व्यापार गर्ने सहमतिविरुद्ध सत्तारूढ र विपक्षी एकमत

लिपुलेक व्यापार विवाद, भारत-चीन लिपुलेक सहमति, नेपाल संसद लिपुलेक विरोध, लिपुलेक नेपालको भूमि, कालापानी लिम्पियाधुरा विवाद, नेपाल भारत चीन सीमा विवाद, लिपुलेकमा कूटनीतिक पहल, नेपाल सार्वभौमिकता रक्षा

लिपुलेक व्यापार विवाद, भारत-चीन लिपुलेक सहमति, नेपाल संसद लिपुलेक विरोध, लिपुलेक नेपालको भूमि, कालापानी लिम्पियाधुरा विवाद, नेपाल भारत चीन सीमा विवाद, लिपुलेकमा कूटनीतिक पहल, नेपाल सार्वभौमिकता रक्षा

भदौ ६, २०८२।

काठमाडौँ – भारत र चीनबीच लिपुलेकमार्फत व्यापार गर्ने सहमतिविरुद्ध नेपालको संसद्मा सत्तारूढ र विपक्षी दल एकमत बनेका छन्। सांसदहरूले नेपालको स्वाधीनता र सार्वभौमिकतामा आँच आउने भन्दै कडा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विभिन्न दलका सांसदहरूले नेपाल सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरे।

कांग्रेस महामन्त्री गगन थापाले नेपालको संलग्नताबिना भारत–चीनले गरेको सहमति अस्वीकार्य रहेको बताए। उनले भने हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य छैन नेपालले यसको प्रतिवाद गर्छ।

त्यस्तै एमाले मुख्य सचेतक महेश बर्तौलाले लिपुलेक नेपालको अभिन्न हिस्सा भएको उल्लेख गर्दै सहमतिको विरोध गरे। उनले थपे, देशहरू भूगोलमा साना–ठूला हुन सक्छन्त र स्वाधीनता र सार्वभौमिकतामा बराबरी हुन्छन्।

माओवादी सचेतक हितराज पाण्डेले सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने बताए। रास्वपा सांसद शिव नेपालीले पनि सहमतिको कडा विरोध गर्दै सरकारलाई छिमेकीसँग तत्काल संवाद गर्न आग्रह गरे।

सांसदहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको ऐतिहासिक भूमि भएको भन्दै भारत–चीन सहमति सच्याउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा यस मुद्दा प्रमुख एजेन्डा बनाउनुपर्ने सांसदहरूको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।