भारतमा ३३४ राजनीतिक दलको मान्यता खारेज, ४७६ दलमाथि समीक्षा प्रक्रिया सुरु

भारत राजनीतिक दल खारेज, निर्वाचन आयोग भारत, राजनीतिक दल मान्यता खारेज, भारत निर्वाचन समीक्षा, निष्क्रिय दल हटाउने कदम, भारत निर्वाचन प्रणाली पारदर्शी, चुनाव आयोग राजनीतिक दल, भारत निर्वाचन समाचार

भारत राजनीतिक दल खारेज, निर्वाचन आयोग भारत, राजनीतिक दल मान्यता खारेज, भारत निर्वाचन समीक्षा, निष्क्रिय दल हटाउने कदम, भारत निर्वाचन प्रणाली पारदर्शी, चुनाव आयोग राजनीतिक दल, भारत निर्वाचन समाचार

साउन २८, २०८२।

काठमाडौँ – भारतको निर्वाचन आयोगले (Election Commission of India – ECI) हालै  ३३४ राजनीतिक दलहरूको मान्यता खारेज गरेको छ। थप ४७६ दलमाथि समीक्षा प्रक्रिया पनि सुरु गरिएको छ।

निर्वाचन आयोगले यो कदम विगत छ वर्षसम्म कुनै लोकसभा वा विधानसभा चुनावमा भाग नलिएको दलहरूको निष्क्रियता र दुरुपयोग रोक्नका लागि उठाएको हो। जनप्रतिनिधित्व ऐन, १९५१ को धारा २९ अनुसार राजनीतिक दलले कम्तीमा छ वर्षमा एकपटक चुनावमा सहभागी हुनुपर्ने अनिवार्यता छ।

तर आयोगले पत्ता लगाएका यी दलले चुनाव चिन्ह, कर छुट लगायतका सुविधाहरू उपभोग गर्दै आइरहेका भए पनि सक्रिय रूपमा राजनीतिक गतिविधिमा संलग्न नभएको देखिएको छ।

निर्वाचन आयोगले ९ अगस्ट २०२५ मा ती ३३४ दललाई आफ्नो सूचीबाट हटाइदिएपछि भारतमा मान्यता नपाएका राजनीतिक दलहरूको संख्या अहिले दुई हजार ५२० पुगेको छ।

आयोगका अनुसार यो कदम निर्वाचन प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने प्रयासको हिस्सा हो जसले दलहरूको दुरुपयोगलाई रोक्न मद्दत पुर्‍याउनेछ। आयोगले यस्ता दलहरूको निष्क्रियता र सम्भावित दुरुपयोगलाई ध्यानमा राखेर यो अभियान सञ्चालन गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भियतनाम उपराष्ट्रपति नेपाल भ्रमण, नेपाल भियतनाम सम्बन्ध, रामसहायप्रसाद यादव, भो थि आन सुआन नेपाल, द्विपक्षीय वार्ता नेपाल भियतनाम, नेपाल भियतनाम कूटनीति, नेपाल भियतनाम ५० वर्ष
भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन फाइल तस्बिर।

भदौ ७, २०८२।

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज (शनिबार) तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आगमन गर्न लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार यो नेपाल–भियतनाम कूटनीतिक सम्बन्धमा पहिलो पटक हुने उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच काठमाडौँमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने छ।

त्यसबाहेक उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव समेत परेको हुँदा यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। भ्रमण सम्पन्न गरेपछि उपराष्ट्रपति सुआन भदौ ९ गते काठमाडौंबाट हनोई फर्कने कार्यक्रम तय भएको छ।