भारतमाथि अमेरिकाको ५० प्रतिशत भन्सार कर लागू

अमेरिका भारत कर, अमेरिकी भन्सार भारत, US India Trade Tension, भारतमाथि ५० प्रतिशत कर, Donald Trump tax India, India Russia oil trade, अमेरिकी व्यापार विवाद, US India relation 2025

अमेरिका भारत कर, अमेरिकी भन्सार भारत, US India Trade Tension, भारतमाथि ५० प्रतिशत कर, Donald Trump tax India, India Russia oil trade, अमेरिकी व्यापार विवाद, US India relation 2025

भदौ ११, २०८२।

काठमाडौं – अमेरिकी सरकारले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। यसअघि २५ प्रतिशत रहेको भन्सार आजदेखि दोब्बर हुँदै ५० प्रतिशत पुगेको छ।

अमेरिकी समय अनुसार बुधबार बिहान ९:३० बजेदेखि लागू भएको यो नियम अन्तर्गत अगस्ट २७, २०२५ यता भित्रिएका वा गोदामबाट निकालिएका सबै भारतीय सामानमा नयाँ कर दर लागू हुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुससँग कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा अप्रत्यक्ष सहयोग गरेको आरोप लगाउँदै भन्सार बढाइएको बताएका छन्। उनले भारतलाई ‘अन्यायपूर्ण लाभ उठाएको’ भन्दै कडा कदम चालिएको बताए।

तर भारत सरकारले अमेरिकाको यो कदमलाई “अनुचित, कारण र तर्कहीन” भन्दै आपत्ति जनाएको छ। भारतीय वाणिज्य मन्त्रालयले उक्त निर्णयले दुवै देशबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

यस निर्णयसँगै दुई देशबीच व्यापारिक तनाव बढ्ने संकेत देखिएको छ। अर्थविशेषज्ञहरूले अमेरिकाले चर्को कर लगाउँदा भारतीय वस्तुको प्रतिस्पर्धात्मक मूल्यमा ठूलो असर पर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

lipulek

भदौ ६, २०८२।

काठमाडौं – चिनियाँ  विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको जिकिर गरेका छन्।

उनले भने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएका भन्सार शुल्क (ट्यारिफ) को प्रभाव समयसँगै देखिनेछ तर यसले भारत–रूसबीचको मित्रता अझै बलियो बनाएको छ र चीनसँगको तनाव पनि कम भएको छ।

पाकिस्तान भ्रमणमा रहेका वाङ यीले बिहीबार इस्लामावादमा पाकिस्तानका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री इसहाक दारसँग संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सम्बन्धले अन्य कुनै मुलुकलाई असर नगर्ने पनि बताए

वाङ यी मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर अफगानिस्तान हुँदै पाकिस्तान पुगेका हुन् ।