भारतको ‘रअ’ को निगरानीमा दुर्गा प्रसाईं : दिल्ली विमानस्थलमा अध्यागमनद्वारा सोधपुछ

दुर्गा प्रसाईं, रअ, भारतीय अध्यागमन, नेपाल–भारत सम्बन्ध, दुर्गा प्रसाईं निगरानी, दिल्ली विमानस्थल, राजसंस्था आन्दोलन, दुर्गा प्रसाईं समाचार

कार्तिक २२,२०८२।   उपसना पौडेल

दुर्गा प्रसाईं, रअ, भारतीय अध्यागमन, नेपाल–भारत सम्बन्ध, दुर्गा प्रसाईं निगरानी, दिल्ली विमानस्थल, राजसंस्था आन्दोलन, दुर्गा प्रसाईं समाचार

काठमाडौँ – राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व गर्दै आएका व्यवसायी दुर्गा प्रसाईं हाल भारतको सुरक्षासम्बन्धी निकायको निगरानीमा परेका छन्। भारतको बाह्य गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) ले उनको गतिविधिलाई भारतको सुरक्षा हितमा सम्भावित चुनौतीका रूपमा लिँदै नजिकबाट नियालिरहेको पुष्टि उच्च स्रोतले गरेको छ।

शुक्रबार साँझ नयाँदिल्लीबाट काठमाडौं फर्किने क्रममा प्रसाईंलाई भारतीय अध्यागमनले विमानस्थलमै रोकेर करिब ४० मिनेटसम्म सोधपुछ गरेको थियो। दिल्लीस्थित नेपाली दूतावासले हस्तक्षेप गरेपछि मात्र उनलाई नेपाल फर्किन अनुमति दिइएको थियो। उनी नेपाल एयरलाइन्सको आरए २१८ उडानबाट काठमाडौं आएका हुन्।

प्रसाईं गएको सोमबार नेपाल एयरलाइन्समार्फत भारत प्रस्थान गरेका थिए। त्यसअघि पनि त्रिभुवन विमानस्थल अध्यागमनले उनको भारत भ्रमणका लागि गृह मन्त्रालयसँग अनुमति सम्बन्धी परामर्श लिएको थियो।

स्रोतका अनुसार, भारतीय अधिकारीहरूले प्रसाईंको हालको गतिविधिले नेपाल–भारत सम्बन्धमा अनावश्यक संवेदनशीलता थप्न सक्ने भन्दै सावधानी अपनाएका छन्। भारतमा रहँदा उनीसँग राजनीतिक भेटघाट तथा अभिव्यक्तिलाई भारतीय सुरक्षा संयन्त्रले ‘सावधानीपूर्वक’ नियालेको जनाइएको छ।

यसअघि पनि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रसाईं केही समय भारतको विभिन्न सहरहरूमा बसेका थिए। त्यसबेला उनी भारतीय जनता पार्टी (भाजपा) निकट संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ’ का केही नेतासँग सम्पर्कमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

भारतीय अध्यागमनमा केरकारपछि प्रसाईंले दिल्लीस्थित नेपाली दूतावासलाई इमेल पठाउँदै आक्रोश प्रकट गरेका थिए। तर दूतावास स्रोतका अनुसार उनलाई भारतले निगरानीमा राख्नु कूटनीतिक सतर्कताको अंग हो।

यसअघि भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थन रहेको भ्रम फैलाउन नचेतावनी दिइसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।