भारतको ‘रअ’ को निगरानीमा दुर्गा प्रसाईं : दिल्ली विमानस्थलमा अध्यागमनद्वारा सोधपुछ

दुर्गा प्रसाईं, रअ, भारतीय अध्यागमन, नेपाल–भारत सम्बन्ध, दुर्गा प्रसाईं निगरानी, दिल्ली विमानस्थल, राजसंस्था आन्दोलन, दुर्गा प्रसाईं समाचार

कार्तिक २२,२०८२।   उपसना पौडेल

दुर्गा प्रसाईं, रअ, भारतीय अध्यागमन, नेपाल–भारत सम्बन्ध, दुर्गा प्रसाईं निगरानी, दिल्ली विमानस्थल, राजसंस्था आन्दोलन, दुर्गा प्रसाईं समाचार

काठमाडौँ – राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व गर्दै आएका व्यवसायी दुर्गा प्रसाईं हाल भारतको सुरक्षासम्बन्धी निकायको निगरानीमा परेका छन्। भारतको बाह्य गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) ले उनको गतिविधिलाई भारतको सुरक्षा हितमा सम्भावित चुनौतीका रूपमा लिँदै नजिकबाट नियालिरहेको पुष्टि उच्च स्रोतले गरेको छ।

शुक्रबार साँझ नयाँदिल्लीबाट काठमाडौं फर्किने क्रममा प्रसाईंलाई भारतीय अध्यागमनले विमानस्थलमै रोकेर करिब ४० मिनेटसम्म सोधपुछ गरेको थियो। दिल्लीस्थित नेपाली दूतावासले हस्तक्षेप गरेपछि मात्र उनलाई नेपाल फर्किन अनुमति दिइएको थियो। उनी नेपाल एयरलाइन्सको आरए २१८ उडानबाट काठमाडौं आएका हुन्।

प्रसाईं गएको सोमबार नेपाल एयरलाइन्समार्फत भारत प्रस्थान गरेका थिए। त्यसअघि पनि त्रिभुवन विमानस्थल अध्यागमनले उनको भारत भ्रमणका लागि गृह मन्त्रालयसँग अनुमति सम्बन्धी परामर्श लिएको थियो।

स्रोतका अनुसार, भारतीय अधिकारीहरूले प्रसाईंको हालको गतिविधिले नेपाल–भारत सम्बन्धमा अनावश्यक संवेदनशीलता थप्न सक्ने भन्दै सावधानी अपनाएका छन्। भारतमा रहँदा उनीसँग राजनीतिक भेटघाट तथा अभिव्यक्तिलाई भारतीय सुरक्षा संयन्त्रले ‘सावधानीपूर्वक’ नियालेको जनाइएको छ।

यसअघि पनि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रसाईं केही समय भारतको विभिन्न सहरहरूमा बसेका थिए। त्यसबेला उनी भारतीय जनता पार्टी (भाजपा) निकट संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ’ का केही नेतासँग सम्पर्कमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

भारतीय अध्यागमनमा केरकारपछि प्रसाईंले दिल्लीस्थित नेपाली दूतावासलाई इमेल पठाउँदै आक्रोश प्रकट गरेका थिए। तर दूतावास स्रोतका अनुसार उनलाई भारतले निगरानीमा राख्नु कूटनीतिक सतर्कताको अंग हो।

यसअघि भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थन रहेको भ्रम फैलाउन नचेतावनी दिइसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।