बन्धक परिवारको आक्रोश : इजरायल सरकारलाई शान्ति सम्झौताका लागि दबाब

इजरायल हमास युद्ध, बन्धक परिवारको प्रदर्शन, तेल अविव विरोध, हमास अपहरण, इजरायल शान्ति सम्झौता, गाजा संकट २०८२, युद्धविराम दबाब, इजरायल गाजा संघर्ष, Hamas hostage video, hostage protest Israel, Gaza ceasefire, Hamas Israel conflict, Gaza hostage crisis, Israel peace talks, Hamas demands बन्धकका आफन्तहरु प्रदर्शन गर्दै

इजरायल हमास युद्ध, बन्धक परिवारको प्रदर्शन, तेल अविव विरोध, हमास अपहरण, इजरायल शान्ति सम्झौता, गाजा संकट २०८२, युद्धविराम दबाब, इजरायल गाजा संघर्ष, Hamas hostage video, hostage protest Israel, Gaza ceasefire, Hamas Israel conflict, Gaza hostage crisis, Israel peace talks, Hamas demands
बन्धकका आफन्तहरु प्रदर्शन गर्दै

साउन १९, २०८२।

तेल अविव – गाजामा हमासको कब्जामा रहेका बन्धकहरूको रिहाइका लागि इजरायल सरकारले ठोस पहल गर्नुपर्ने माग गर्दै बन्धकका आफन्तहरूले तेल अविवमा ठूलो विरोध प्रदर्शन गरेका छन्। हमासले अपहरण गरेका २ सय ५१ मध्ये झण्डै २० जना अझै जीवित रहेको विश्वास गरिएको छ।

हालै हमास र गाजास्थित इस्लामिक जिहाद नामक अर्को उग्रवादी समूहले बन्धकहरूसम्बन्धी भिडिओ सार्वजनिक गरेपछि इजरायली समाजमा आक्रोश चुलिएको हो। ती भिडिओ सार्वजनिक भएपछि ती बन्धकका परिवारजनको चिन्ता झनै बढेको छ।

प्रदर्शनमा सहभागी ‘होस्टेज एन्ड मिसिङ फ्यामिली फोरम’का प्रमुख रणनीति अधिकारी लिओर चोरेभले भने, हामी यो दुःस्वप्न अन्त्य गर्न र हाम्रा प्रियजनलाई चाँडै सुरक्षित रुपमा घर फर्काउन सरकारसँग सम्झौतामा पुग्न जोडदार अपिल गर्छौं।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले पनि हमाससँग युद्धविरामका लागि वार्ता प्रयास थालेका छन्। उनले हमासले राखेको अडानलाई अनुचित बताउँदै बन्धकको रिहाइ पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गरेका थिए। उनले गाजाको सुरक्षाका लागि वैकल्पिक उपाय खोजिने आश्वासन पनि दिएका छन्।

इजरायली सरकार युद्ध अन्त्यका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दवाबमा परेको देखिन्छ। प्रदर्शनकारीहरूले सरकारसँग तत्काल शान्ति सम्झौता गर्न र बन्धकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

हमासले भने शान्ति सम्झौताका लागि हतियार नत्याग्ने अडान दोहोर्याएको छ। यसबाट इजरायल र हमासबीचको युद्ध समाधान कहिले र कसरी सम्भव होला भन्ने प्रश्न अझै पेचिलो बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भारत रूस भेटवार्ता, पुटिन जयशंकर भेट, भारतीय विदेशमन्त्री रूस, भारत रूस सम्बन्ध, भारत रूस व्यापार, भारत रूस ऊर्जा सम्झौता, रूस भारत कूटनीति, पुटिन भेट भारतीय विदेशमन्त्री, जयशंकर मास्को भ्रमण, भारत रूस रणनीतिक साझेदारी

भदौ ७, २०८२।

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लावरोफसँग मास्कोमा उच्चस्तरीय भेटवार्ता गरेका छन्।

भेटमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, मल आपूर्ति, स्वास्थ्य, सीप तथा श्रमिक गतिशीलता, रक्षासम्बन्धी सहयोग लगायतका विषयमा विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

जयशंकरले यस भेटवार्ताले भारत–रूस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले भने,
हामीले युक्रेन युद्ध, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपसम्बन्धी धारणा आदानप्रदान गरेका छौं। संयुक्त राष्ट्रसंघ, जी–२०, एससीओ र ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय संस्थामा आपसी सहयोगबारे पनि चर्चा भएको बताइएको छ।

यस भेटलाई भारत–रूस रणनीतिक साझेदारीको सन्देशका रूपमा लिइएको छ। दुबै मुलुकबीचको पुरानो मैत्रीपुर्ण  सम्बन्धलाई यसले अझ सुदृढ बनाउने भारतीय पक्षले जनाएको छ।