फागुन २१ को चुनावमा बिदेशमा भएका नेपाली मतदाता सहभागी हुन नसक्ने

प्रवासी नेपाली भोट, फागुन २१ चुनाव, निर्वाचन आयोग, विदेश मतदान, अन्तरिम सरकार, GenZ आन्दोलन

मंसिर १९, २०८२।  काठमाडौं दैनिक संवाददाता

प्रवासी नेपाली भोट, फागुन २१ चुनाव, निर्वाचन आयोग, विदेश मतदान, अन्तरिम सरकार, GenZ आन्दोलन

काठमाडौं – यही आउने फागुन २१ मा निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकको मतदान सहभागिता लगभग असम्भव जस्तै देखिएको छ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले प्रवासी नेपालीलाई मतदान अधिकार दिने घोषणा गरे पनि कानुनी र व्यवस्थागत तयारी शून्य रहेकाले तत्काल कार्यान्वयन संभव नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

आयोगका अनुसार देशभित्र नै निर्वाचन तयारीका लागि १२० दिनको समय आवश्यक हुन्छ । तर विदेश मतदानका सम्बन्धमा कानुन, नियमावली र प्रक्रिया कुनै पनि अवस्था तयार नभएकाले फागुन २१ कै निर्वाचनमा प्रवासी नेपालीलाई सहभागी गराउन नसकिने निष्कर्ष बनाइएको हो।

आयोग स्रोतका अनुसार कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई आधिकारिक रूपमा जानकारी गराइसकेका छन्।सरकार अध्यादेशमार्फत कानुनी आधार बनाउने तयारीमा रहे पनि व्यावहारिक रुपमा समय अत्यन्तै कम भएको मन्त्रीहरूले समेत बताएका छन्।

भारतीय भूमिमा सबैभन्दा धेरै नेपाली हुने भएकाले त्यहाँ बुथ व्यवस्थापन कठिन छ भने मध्यपूर्व र मलेसियाजस्ता मुलुकमा राजनीतिक प्रणालीको कारण मतदान अनुमति लिन पनि चुनौतीपूर्ण देखिएको छ।

हालसम्म कूटनीतिक पहल समेत सुरु नभएकाले यो निर्वाचनमै प्रवासी नेपालीलाई सहभागी गराउने योजना अर्को निर्वाचनसम्म धकेलिन सक्ने प्रबल सम्भावना देखिएको छ।यता, जेनजी समूह, नयाँ दल र पुराना दलका युवा नेताहरू भने कुनै हालतमा प्रवासी नेपालीले मतदान अधिकार पाउनुपर्ने पक्षमा छन्।

नेपाली कांग्रेस महामन्त्री गगन थापा भन्छन्, संविधानले सुनिश्चित गरेको अधिकार हो। यही निर्वाचनमै प्रवासी नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्छ।

प्रवासी नेपालीका अभियानकर्ता र जेनजी अगुवाहरूले प्रवासी नेपालीहरुको मतअधिकार खोसिएको आरोप लगाउँदै सरकारलाई तत्काल कानुनी बाटो खोल्न दबाब बढाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ५, २०८२।  काठमाडौँ दैनिक संवाददाता

Erica Gurung, Sanumaya Thing, Nepal Karate, World Karate Championship, Cairo Karate Championship, Nepal Sports News, Karate Kumite, Karate Kata, Nepal Karate Federation, Kushal Shrestha, Mission 2026, Nepal Sports, Kathmandu News, Nepali Players, Asian Games Preparation

काठमाडौ –  विश्व कराते च्याम्पियनसिपमा ऐतिहासिक उपस्थिति दर्ज गर्न नेपाली खेलाडी एरिका गुरुङ र सानुमाया थिङ कठोर प्रशिक्षणमा जुटेका छन्। इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने २७औं विश्व कराते च्याम्पियनसिपमा नेपालबाट यी दुई खेलाडी सहभागी हुनेछ ।

एरिका कुमिते तर्फ र सानुमाया कातातर्फ प्रतिस्पर्धा गर्दै छन्। दुवैले हालसम्मको प्रदर्शन र अन्तर्राष्ट्रिय अनुभवका आधारमा उत्कृष्ट परिणाम ल्याउने लक्ष्य लिएका छन्। प्रशिक्षक कुशल श्रेष्ठको नेतृत्वमा सुरु भएको ‘मिसन २०२६’ प्रशिक्षण नै विश्व च्याम्पियनसिप तयारीको मुख्य आधार भएको बताइन्छ।

Erica Gurung, Sanumaya Thing, Nepal Karate, World Karate Championship, Cairo Karate Championship, Nepal Sports News, Karate Kumite, Karate Kata, Nepal Karate Federation, Kushal Shrestha, Mission 2026, Nepal Sports, Kathmandu News, Nepali Players, Asian Games Preparation

गत महिना पेरिसमा आयोजित क्वालिफायरमा प्रभावशाली प्रदर्शन गर्दै एरिकाले युनिभर्सालिटी कोटा मार्फत विश्व च्याम्पियनसिपमा स्थान बनाएकी हुन्। सानुमायाले भने तास्कन्दमा भएको एसियन सिनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्वालिफिकेशन सुनिश्चित गरेकी थिइन्।

प्रशिक्षक श्रेष्ठका अनुसार विश्वका उच्चस्तरीय खेलाडीसँग प्रतिस्पर्धा गर्नु नै खेलाडीका लागि ठूलो अवसर हो। यस यात्राले आगामी जापान एसियाड (२०२६) का लागि थप तयारी र आत्मविश्वास बढाउने विश्वास प्रशिक्षकको छ।