प्रधानमन्त्रीको बैठकमा गृहमन्त्री अर्यालमाथि दलहरूको कडा आलोचना

प्रधानमन्त्रीको बैठकमा गृहमन्त्री अर्यालमाथि दलहरूको कडा आलोचना गृहमन्त्री ओम अर्याल
प्रधानमन्त्रीको बैठकमा गृहमन्त्री अर्यालमाथि दलहरूको कडा आलोचना
गृहमन्त्री ओम अर्याल

काठमाडौँ, कार्तिक ४, २०८२।

जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बालुवाटारमा प्रमुख राजनीतिक दलका नेताहरूसँग पहिलो औपचारिक बैठक गरेकी छन्।

बैठकमा गृहमन्त्री ओम अर्यालका अभिव्यक्ति र निर्णयहरूलाई लिएर दलहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

बैठकमा सहभागी दलका नेताहरूले गृहमन्त्री अर्यालले दिएको अभिव्यक्ति र सुरक्षा व्यवस्थाप्रति देखाएको दोहोरो मापदण्डप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार गृहमन्त्रीले “भागेका कैदी र लुटिएका हतियारलाई चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता दलहरूले जनाउनुपर्छ” भन्ने अभिव्यक्तिले दलहरूबीच आक्रोश सिर्जना गरेको हो।

त्यस्तै केही दलका नेताहरूले गृहमन्त्रीले आफ्नो पदको मर्यादा विपरीत व्यवहार गरेको र केही नेताहरूको सुरक्षाकर्मी फिर्ता लिएको निर्णय गलत भएको टिप्पणी गरे।

बैठकमा सहभागी एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने गृहमन्त्रीका टिप्पणीले चुनावी वातावरणमा नकारात्मक असर पार्ने डर छ भन्दै उनले सावधानी अपनाउन आग्रह गरे।

प्रधानमन्त्री कार्कीले भने सरकारले र सुरक्षा निकायहरूले आगामी चुनावको वातावरण बनाउन अहोरात्र काम गरिरहेको बताउँदै दलहरूको सहयोगबिना निर्वाचन सफल नहुने स्पष्ट पारिन्।

जेन–जी आन्दोलन र राजनीतिक दबाब:

जेन–जी आन्दोलनले हालको राजनीतिक परिदृश्यलाई नयाँ दिशा दिएको छ। युवा पुस्ताले पारदर्शिता, न्याय र अवसरको माग गर्दै सडकमा आएको यो आन्दोलनपछि देशमा ठूलो राजनीतिक पुनर्संरचना भएको थियो।

त्यसकै प्रभावमा बनेको यो अन्तरिम सरकारले आगामी निर्वाचनमार्फत स्थायित्व ल्याउने वाचा गरेको छ। तर दलहरूबीचको विश्वास संकट र गृहमन्त्रीका विवादास्पद वक्तव्यहरूले सरकारको चुनौती बढाएको छ।

बैठकमा प्रधानमन्त्री कार्कीले भने भनिन्, जेन–जी आन्दोलनले देशलाई जागरूक बनाएको छ। अब सबै दलहरूले मिलेर निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नुपर्छ।

उनले सुरक्षा निकायहरू र मन्त्रालयहरूलाई चुनावी तयारीमा केन्द्रीत रहन निर्देशन दिइन् र राजनीतिक सहकार्यबिना लक्ष्य पूरा नहुने बताइन्।

उनले भनिन् चुनावको वातावरण बनाउन सरकार प्रतिबद्ध छ तर सबै दलहरूको सहकार्य आवश्यक छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा भएका अघिल्ला छलफलका विषयहरू पनि समीक्षा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।