प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस

Nirwachan ko suraksha baithak

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता

Nirwachan ko suraksha baithak

काठमाडौ – राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना परिचालन गर्न सरकारलाई सिफारिस गरेको छ। बिहीबार सिंहदरबारमा बसेको परिषद्को बैठकले निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सेना प्रयोग आवश्यक ठहर गरेको हो।

परिषद्का सदस्यसचिव सुमनराज अर्यालका अनुसार, नेपालको संविधानको धारा २६६(१) बमोजिम निर्वाचन सुरक्षाका लागि सेनाको परिचालन सिफारिस गर्ने निर्णय गरिएको छ। उनले भने, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई पूर्ण सुरक्षित बनाउन नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय भयो।

यसअघि सुरक्षा निकायहरूले सम्भावित जोखिम, भीड नियन्त्रण, उच्च संवेदनशील क्षेत्र तथा मतदान केन्द्रका सुरक्षाबारे विस्तृत प्रतिवेदन परिषद्मा प्रस्तुत गरेका थिए। ती प्रतिवेदनका आधारमा निर्वाचनमा सुरक्षा संयन्त्र सुदृढ गर्न सेना आवश्यक ठहरिएको हो।

अब मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबीच संयुक्त सुरक्षा योजना कार्यान्वयनमा आउनेछ।

निर्वाचनमा सेना परिचालन विषयले राजनीतिक हलचल पनि ल्याएको छ। केही दलहरूले यसलाई स्थिरता र सुरक्षा सुनिश्चितताको पक्षमा आवश्यक कदम भनेका छन् भने, केहीले अनावश्यक सैन्यीकृत वातावरण सृजना हुन सक्ने टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुरक्षा बैठकहरूको संख्या बढ्दै गएको छ। गृह मन्त्रालयले पनि देशभरका जिल्ला प्रशासन कार्यालय, प्रहरी इकाइ र स्थानीय तहसँग सुरक्षा तयारी तिव्र बनाउन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।