पैसा धेरै भएपछि राष्ट्र बैंकले फेरि ६० अर्ब रुपैयाँ झिक्दै

राष्ट्र बैंक, तरलता समस्या, ६० अर्ब झिकियो, निक्षेप संकलन उपकरण, मौद्रिक नीति नेपाल, नेपाल राष्ट्र बैंक, बैंक तरलता

राष्ट्र बैंक, तरलता समस्या, ६० अर्ब झिकियो, निक्षेप संकलन उपकरण, मौद्रिक नीति नेपाल, नेपाल राष्ट्र बैंक, बैंक तरलता

भदौ १, २०८२।

काठमाडौं – देशको बैंक तथा वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएपछि राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ झिक्ने भएको छ। मौद्रिक सन्तुलन कायम राख्न राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्दै यो रकम झिक्न लागेको हो।

राष्ट्र बैंकका अनुसार यो रकम ३१ दिनको अवधिका लागि बजारबाट संकलन गरिनेछ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम, अर्थात तरलता, अत्यधिक भएपछि राष्ट्र बैंकले यो साता दुईपटक आइतबार र बुधबार बोलकबोल प्रणालीमार्फत पैसा झिक्ने प्रक्रिया अघि बढाएको छ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा औसत ६ खर्ब रुपैयाँभन्दा बढी तरलता रहँदै आएको थियो। असार मसान्तसम्ममा यो रकम बढेर साढे १० खर्ब पुगेको हो। नयाँ आर्थिक वर्षको सुरुवातसँगै पनि उक्त रकम करिब त्यही अवस्थामा रहेकाले राष्ट्र बैंकले यसलाई व्यवस्थापन गर्न पहल तीव्र बनाएको छ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल प्रक्रियामा घटिमा १० करोड र बढीमा ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ। खरिद गरिएको निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यसरी संकलन गरिने निक्षेपमा ब्याजदरको आधारमा प्रतिस्पर्धा गरिनेछ। बहुब्याजदर प्रणाली अनुसार संस्थाहरूले विभिन्न दरमा प्रस्ताव पेश गर्न सक्ने छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता

पेट्रोल मूल्य वृद्धि,, डिजेल मूल्य नेपाल,, नेपाल आयल निगम,, IOC भाउ समायोजन,, इन्धन मूल्य अपडेट,, पेट्रोलियम मूल्य,, नेपालमा पेट्रोल कति,, डिजेल कति,, निगम मूल्य समायोजन,, अर्थ वाणिज्य खबर,, diyar

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई पहिलो वर्गमा वर्गीकरण गरेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा पर्छन्।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यले नै मूल्य वृद्धि गर्न बाध्य बनाइएको हो। नयाँ दरअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ५४ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भएर आएको निगमले जनाएको छ।

मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ तोकेको छ ।