पूर्व मधेस प्रदेशप्रमुख राजेश अहिराजको मुद्दामा फाइल झिकाउने आदेश

राजेश अहिराज,, अहिराज बलात्कार मुद्दा,, पूर्व प्रदेशप्रमुख,, जबरजस्ती करणी आरोप,, सर्वोच्च अदालत आदेश,, जिल्ला अदालत काठमाडौं,, उच्च अदालत पाटन,, थुनामुक्त निवेदन,, मधेश प्रदेश पूर्व प्रमुख,, Nepal court news,, Nepali politics update,, अदालत फाइल झिकाउने आदेश,, पुर्पक्षका लागि थुनामा,, कान्तिपुर राजनीति समाचार,, आजको ताजा समाचार,, यौन अपराध मुद्दा नेपाल

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता

राजेश अहिराज,, अहिराज बलात्कार मुद्दा,, पूर्व प्रदेशप्रमुख,, जबरजस्ती करणी आरोप,, सर्वोच्च अदालत आदेश,, जिल्ला अदालत काठमाडौं,, उच्च अदालत पाटन,, थुनामुक्त निवेदन,, मधेश प्रदेश पूर्व प्रमुख,, Nepal court news,, Nepali politics update,, अदालत फाइल झिकाउने आदेश,, पुर्पक्षका लागि थुनामा,, कान्तिपुर राजनीति समाचार,, आजको ताजा समाचार,, यौन अपराध मुद्दा नेपाल

काठमाडौँ – जबरजस्ती करणीको आरोपमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेशप्रमुख राजेश अहिराज सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतका सम्पूर्ण फाइल मगाउन आदेश दिएको छ।

शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले अहिराजले दर्ता गराएको निवेदनमाथि सुनुवाइ गर्दै फाइल झिकाउन निर्देशन दिएको हो। यसले मुद्दामा नयाँ कानुनी मोड लिन सक्ने देखिएको छ।

अहिराजलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएपछि उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। उच्च अदालतले पनि जिल्ला अदालतको आदेश नै दुव्र्यवहार गर्दै १२ भदौ २०८२ मा थुनामा पठाउने निर्णय सदर गरेको थियो।

त्यसपछि २३ कात्तिकमा, अहिराजले थुनामुक्त गर्ने मागसहित ७३ निवेदन सर्वोच्चमा दर्ता गरेका थिए। उनीविरुद्ध एक महिलाले बलात्कारको उजुरी गरेपछि जिल्ला अदालत काठमाडौंले साउन १४ मा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको र त्यसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।