पूर्व प्रहरी अधिकृतको नयाँ परिचय ‘कुकर कफी’

अवधेश विष्ट, पूर्व प्रहरी अधिकारी, कुकर कफी, जावलाखेल कफी पसल, प्रेरणादायी उद्यम, नेपाली उद्यमशीलता, SP अवधेश विष्ट, कफी व्यवसाय नेपाल पूर्व प्रहरी अधिकृत अवधेश विष्ट "कुकर कफी"
 अवधेश विष्ट, पूर्व प्रहरी अधिकारी, कुकर कफी, जावलाखेल कफी पसल, प्रेरणादायी उद्यम, नेपाली उद्यमशीलता, SP अवधेश विष्ट, कफी व्यवसाय नेपाल
पूर्व प्रहरी अधिकृत अवधेश विष्ट “कुकर कफी”

साउन २१, २०८२।

काठमाडौं – नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (SP) को पदबाट सेवा निवृत्त भएका अवधेश विष्ट अहिले कफी व्यवसायमा जुटिरहेका छन् । जागीरको अनुशासन र सेवा भाव बोकेका विष्ट अहिले ‘कुकर कफी’ नामक आकर्षक कफी पसलमार्फत समाजसेवाको नयाँ अध्याय सुरु गरिरहेका छन् ।

सेवा निवृत्त भएपछि विष्टले जब कफी व्यवसाय सुरु गरे तब धेरैले उनलाई प्रश्न गरे, ल यस्तो ठूलो पदबाट रिटायर भएर पनि कफी पसल खोलेको? तर विष्टले आलोचनालाई वास्ता नगरी निरन्तर मेहनत गर्दै आफ्नो कर्ममार्फत निरन्तर जवाफ दिइरहे, अहिले त्यही आलोचकहरू नै उनको पसलमा आएर कफी बनाउने सीप सिक्न चाहन्छन् ।

विष्टले कफी पसल खोल्नुको पछाडि भावनात्मक कारण पनि छ । उनी भन्छन्, घर नजिकको मोडमा बुबाले मन्दिर र चौतारी बनाउनुभएको थियो जहाँ मानिसहरू बसेर गफगाफ गर्थे । मैले बुबाको त्यसै स्थानलाई अझ आकर्षक सार्वजनिक स्थल बनाउने सोचले कफी पसल सुरु गरेको हुँ ।

कुकर कफी अहिले ७ जना युवालाई स्थायी रोजगारी दिन सफल भएको छ । विष्टको सोच र उद्यमशीलताले समुदायमै अवसर सिर्जना गरेको छ । उनले समाजमा उदाहरणीय काम गर्दै पूर्वसरकारी कर्मचारीको जीवन पनि कस्तो सशक्त र प्रेरणादायी हुन सक्छ भन्ने प्रमाणित गरिदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।