पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गा हडपेर बनाएका संरचनामा डोजर चलाइयो

Dipak khadaka

कार्तिक २७, २०८२।   काठमाडौं दैनिक संवाददाता

Dipak khadaka

काठमाडौँ – पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि ले कब्जा गरेको काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गामा निर्माण गरिएका संरचना बिहीबार डोजर लगाएर भत्काइएको छ।

स्काउटले २०७५ सालमा तीन रोपनी जग्गा भाडामा दिएको भए पनि खड्काले करिब १२ रोपनी भूमि अतिक्रमण गरी पार्टी प्यालेस, रेस्टुराँ र कार्यालय सञ्चालन गर्दै आएका थिए। पटक–पटक अदालतको आदेश र स्काउटको चेतावनी बेवास्ता गर्दै उनले भाडा समेत नतिरेपछि प्रशासनले डोजर चलाएको हो।

खेलकूदमन्त्री बब्लु गुप्ताको उपस्थितिमा सुरु भएको कारबाहीका क्रममा परिसर वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको थियो। स्काउटले गत बिहीबार सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र बक्यौता नतिरे संरचना जफत गर्ने चेतावनी दिएको थियो।

स्काउटको अनुसार, खड्का ल्याण्ड प्रालिले ५ करोड १९ लाख रुपैयाँभन्दा बढी भाडा तिर्न बाँकी छ। सम्झौता अवधि २०७५ मै समाप्त भए पनि खड्काले राजनीतिक प्रभावको आडमा जग्गा खाली गर्न मानेका थिएनन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि नै उक्त जग्गा र भवनमा सिलबन्दी गरेको थियो। सिलबन्दीपछि पनि कम्पनीले भाडा चुक्ता नगरी मुद्दा खेलेर प्रक्रिया ढिल्याइरहेकाले अन्ततः संरचना हटाउने निर्णय गरिएको हो।

स्काउटका अनुसार, सम्झौता समाप्त भइसकेको, अदालतको आदेश र प्रशासनिक निर्देशनको अवज्ञा गरेकाले बक्यौता असुल र जग्गा फिर्ता प्रक्रिया अन्तर्गत संरचना भत्काउने कदम चालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।