पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई धम्की 

पाकिस्तान भारत पानी विवाद, शहबाज शरीफ धम्की, सिन्धु जल सम्झौता, आसिम मुनिर चेतावनी, पाकिस्तान भारत तनाव, जम्मु–कश्मीर आतंकवादी आक्रमण, पाकिस्तान प्रधानमन्त्री समाचार, पाकिस्तान भारत पानी युद्ध

 

साउन २८, २०८२।

काठमाडौं – पाकिस्तानी सेनाका प्रमुख आसिम मुनिरले केही दिनअघि भारतमाथि परमाणु आक्रमणको चेतावनी दिएका केही दिनमै प्रधानमन्त्री शहबाज शरीफले पनि भारतलाई कडा चेतावनी दिएका छन्। राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतले पानी बन्द गर्ने धम्की दिने हो भने पाकिस्तानबाट एक थोपा पनि पानी लिन नपाउने स्पष्ट सन्देश दिएका छन्।

प्रधानमन्त्री शरीफले भने, म दुश्मनलाई भन्न चाहन्छु यदि तिमी हाम्रो पानी बन्द गर्ने धम्की दिन्छौ भने यो कुरा याद राख कि पाकिस्तानको एक थोपा पानी पनि लिन सक्ने छैनौ। उनले थपे, यदि यस्तो धम्की र व्यवहार फेरि देखायौ भने हामी फेरि तिमीलाई यस्तो सबक सिकाउनेछौं कि तिमी आफ्नो कान आफैं पक्रिनेछौ।

यो प्रतिक्रिया भारतले २३ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि सिन्धु जल सम्झौता रद्द गर्ने निर्णयसँग जोडिएको मानिएको छ। उक्त घटनामा आतंककारीहरूले नाम र धर्म सोधेर हिन्दू पर्यटकको हत्या गरेका थिए। भारतले उक्त आक्रमणको डिजाइन पाकिस्तानले गरेको आरोप लगाएको थियो।

यसअघि पाकिस्तानी सेनाप्रमुख मुनिरले भारतले पानी बन्द गरे बाँध नै भत्काउने गरी परमाणु आक्रमण गर्ने धम्की दिएका थिए। हालसम्म भारतले यी धम्कीहरूको आधिकारिक प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भियतनाम उपराष्ट्रपति नेपाल भ्रमण, नेपाल भियतनाम सम्बन्ध, रामसहायप्रसाद यादव, भो थि आन सुआन नेपाल, द्विपक्षीय वार्ता नेपाल भियतनाम, नेपाल भियतनाम कूटनीति, नेपाल भियतनाम ५० वर्ष
भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन फाइल तस्बिर।

भदौ ७, २०८२।

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज (शनिबार) तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आगमन गर्न लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार यो नेपाल–भियतनाम कूटनीतिक सम्बन्धमा पहिलो पटक हुने उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच काठमाडौँमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने छ।

त्यसबाहेक उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव समेत परेको हुँदा यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। भ्रमण सम्पन्न गरेपछि उपराष्ट्रपति सुआन भदौ ९ गते काठमाडौंबाट हनोई फर्कने कार्यक्रम तय भएको छ।