पहिलो अभ्यास टी–२० मा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

नेपाल बनाम साउथ अस्ट्रेलिया, Nepal vs South Australia T20, नेपाली राष्ट्रिय क्रिकेट टोली, Nepal cricket team, अभ्यास खेल २०८२, ICC World Cup Qualifier preparation

नेपाल बनाम साउथ अस्ट्रेलिया, Nepal vs South Australia T20, नेपाली राष्ट्रिय क्रिकेट टोली, Nepal cricket team, अभ्यास खेल २०८२, ICC World Cup Qualifier preparation

भदौ १२, २०८२।

काठमाडौं – अस्ट्रेलिया टुर अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा साउथ अस्ट्रेलियासँग रोमाञ्चक हार बेहोरेको छ।

नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गर्दै ७ विकेटको क्षतिमा जित निकालेको हो। अन्तिम बलमा टी ब्राउनले चौका प्रहार गर्दै जित पक्का गरेका थिए।

साउथ अस्ट्रेलियाका ओपनर निक विन्टरले ३६ रन तथा कप्तान म्याकेन्जी हार्भेले २७ रनको योगदान दिए। नेपालतर्फ सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ र कप्तान रोहित पौडेलले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन जोडेको थियो। नेपालका लागि भीम सार्कीले ३२ रन, दीपेन्द्रसिंह ऐरीले २७ रन र आसिफ शेखले २२ रन बनाए।

साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्यारी मानेन्तीले २–२ विकेट लिँदा जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १–१ विकेट लिए।

यसअघि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) विरुद्धको अभ्यास सिरिजमा दुई खेलमा जित हासिल गरेको थियो। तर, Top End T20 सिरिजमा भने नेपाल ११ टिममध्ये आठौं स्थानमा सीमित भएको थियो।

अस्ट्रेलिया भ्रमणलाई नेपालले आगामी ICC T20 World Cup Qualifier का लागि महत्वका साथ लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।