पब्जी मोबाइल विश्वकपमा नेपालकाे ‘होरा’ इस्पोर्ट्स नवौं, जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

होरा इस्पोर्ट्स PUBG 2025, पब्जी मोबाइल विश्वकप नेपाल, नेपाली टिम पब्जी, नेपाली इ-स्पोर्ट्स, सर्भाइभल स्टेज चिकेन डिनर, Hora Esports Prize, Nepal in PUBG World Cup

होरा इस्पोर्ट्स PUBG 2025, पब्जी मोबाइल विश्वकप नेपाल, नेपाली टिम पब्जी, नेपाली इ-स्पोर्ट्स, सर्भाइभल स्टेज चिकेन डिनर, Hora Esports Prize, Nepal in PUBG World Cup

साउन १९, २०८२।

रियाद – साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकप २०२५ मा नेपालकाे प्रतिनिधित्व गरिरहेको ‘होरा इस्पोर्ट्स’ टिमले विश्वकपको नवौं स्थान हासिल गर्दै डेढ करोड रुपैयाँभन्दा बढी नगद पुरस्कार जितेको छ।

१८ खेलको फाइनल चरणमा १०० अंक जोड्दै होरा इस्पोर्ट्सले अन्तिम खेलमा चिकेन डिनर जित्दै आफ्नो प्रदर्शनलाई सशक्त बनायो। होराले यस प्रतिस्पर्धाबाट १ लाख २७ हजार ५०० अमेरिकी डलर (नेपाली रूपैयाँमा झण्डै १ करोड ७८ लाख ९७ हजार) जित्न सफल भएको छ।

ग्रुप स्टेज – १३औं स्थानसहित $27,500
सर्भाइभल स्टेज – २ चिकेन डिनरसहित $25,000
शो म्याच – $15,000
फाइनल नवौं स्थान – $60,000
जम्मा पुरस्कार रकम = $127,500

ग्रुप स्टेजमा १३औं स्थानमा रहेकाले होराले सिधा फाइनलको टिकट पाएको थिएन। त्यसपछि सर्भाइभल स्टेजमा शानदार प्रदर्शन गर्दै १२ खेलमा २ चिकेन डिनरसहित १०८ अंक जोड्दै फाइनल चरणमा प्रवेश गरेको थियो।

नेपाली टिम होरा इस्पोर्ट्सले साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हात पार्दै १.७८ करोड रुपैयाँ बराबरको पुरस्कार

सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शनले नेपाली टिमलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः एकपटक उजागर गराएको छ। यससँगै नेपालबाट प्रतिस्पर्धामा सहभागी भएको ‘होरा’ इस्पोर्ट्स टोलीले नेपाली गेमिङ समुदायमा गर्विलो उपस्थिति जनायो।

पब्जी मोबाइल विश्वकप २०२५ को उपाधि भने म्यानमारको वाइजी इस्पोर्ट्स (Y.G Esports) ले जित्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।