नेप्से तीन दिनमै १४३ अंकले घट्यो, परिसूचक फेरि २९ सय मुनि

नेप्से समाचार, सेयर बजार गिरावट, नेप्से परिसूचक, बैंक बिमा सेयर, नेपाल स्टक एक्सचेन्ज, सेयर कारोबार नेपाल, आजको नेप्से, सेयर बजार विश्लेषण

नेप्से समाचार, सेयर बजार गिरावट, नेप्से परिसूचक, बैंक बिमा सेयर, नेपाल स्टक एक्सचेन्ज, सेयर कारोबार नेपाल, आजको नेप्से, सेयर बजार विश्लेषण

साउन १९, २०८२।

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला तीन कारोबार दिनमा करिब डेढ सय अंकले घट्दै पुनः २९ सय बिन्दु मुनि झरेको छ। मंगलबार तीन हजार माथि पुगेको नेप्से आइतबार २८५८.९० बिन्दुमा झरेको हो जुन साउन १ कै बिन्दुसँग मिल्दोजुल्दो हो।

तीन दिनको अवधिमा कुल १४३ अंकले घटेको नेप्सेमा विशेषगरी बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका उपसमूहमा व्यापक गिरावट देखिएको छ। आइतबार मात्र १६ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ३३ कम्पनीको मूल्य घट्यो।

गत बुधबार नेप्से ४७.९३ अंकले, बिहीबार ३१.५० अंकले घटेको थियो भने आइतबार २.१८ प्रतिशतले घट्दै ६४ अंकको गिरावट आएको हो। यसदिन १ लाख ५२ हजार ५ सय १८ पटक कारोबार भई ३ करोड २२ लाख ६० हजार ३ सय ४१ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम पनि घटेर १३ अर्ब ७ करोड ५० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो बिहीबारको १५ अर्ब ९८ करोडको तुलनामा कम हो।

घट्ने उपसमूहहरूको अवस्था यस्तो छ।

जीवन बिमा: २९७.९४ अंकले गिरावट
निर्जीवन बिमा: २२९.५३ अंक
उत्पादन तथा प्रशोधन: १९४.९१ अंक
लघुवित्त: १६७.१२ अंक
विकास बैंक: १०४.८२ अंक

यसैबीच ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सान्भी इनर्जीको ९.९९ प्रतिशत, समता घरेलु लघुवित्तको ९.९६ प्रतिशतले घटेको छ।

उच्च कारोबार भएका कम्पनीहरू:

नेपाल रिइन्स्योरेन्स: ७५.३९ करोड
हिमालयन रिइन्स्योरेन्स: ७१.५५ करोड
हिमालयन डिस्टिलरी: ५८.८२ करोड
शिवम् सिमेन्ट: ५५.०२ करोड
ङादी ग्रुप पावर: ४२.५५ करोड

बजार पुँजीकरणमा ठूलो गिरावट
नेप्से घटेसँगै सेयर बजारको कुल आकार १ खर्ब ४ अर्ब ९० करोड ७९ लाख रुपैयाँले घटेको छ। बिहीबार ४८ खर्ब ७६ अर्बमा पुगेको बजार पूँजीकरण आइतबार ४७ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको हो।

सेक्टर अनुसार कारोबार यस्तो रह्यो:

हाइड्रोपावर: ४ अर्ब २८ करोड
उत्पादन/प्रशोधन: १.३८ अर्ब
विकास बैंक: १.२० अर्ब
लघुवित्त: १.१२ अर्ब
बैंकिङ: १.०८ अर्ब
जीवन बिमा: ४८ करोड
निर्जीवन बिमा: २१ करोड
सामूहिक लगानी कोष: ९ करोड
ऋणपत्र: ३२ लाख

बजार विश्लेषकहरूका अनुसार बिमा र बैंकिङ क्षेत्रमा देखिएको निरन्तर गिरावट, लगानीकर्ताको मनोविज्ञान र बजारमा प्रवाह भएको नकारात्मक संकेतका कारण बजारमा निराशा छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

barahi ipo

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका दीर्घकालीन लक–इनमा रहेका करिब २० लाख सेयर आगामी पुस १ गतेदेखि अनलक हुँदैछन्। लक–इन अवधि सकिएसँगै संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका हातमा रहेका सेयर बजारमा कारोबारयोग्य बन्नेछन्।

कम्पनीका अनुसार कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुनेछन्। समूहगत विवरण यसप्रकार छ।

संस्थापक समूह : १८ लाख कित्ता

कर्मचारी : ११ हजार ८० कित्ता

आयोजना प्रभावित स्थानीय : १ लाख ४६ हजार कित्ता

यी सबै सेयर पुस १ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछन्, जसले बजारमा तरलता विस्तारसँगै शेयर आपूर्तिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरका कुल २५ लाख कित्ता सेयर दर्ता छन्। कम्पनीले २०७९ मंसिर २१ देखि २८ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओको बाँडफाँड २०७९ पुस ३ गते सम्पन्न भएको थियो, जसअनुसार सर्वसाधारणका लगानीकर्ताले सेयर प्राप्त गरेका थिए। बजार विश्लेषकहरूका अनुसार संस्थापक समूहका ठूलो परिमाणका सेयर अनलक हुँदा आपूर्ति बढ्ने सम्भावना रहन्छ। तर वास्तविक प्रभाव भने बजारको माग, बजार वातावरण र संस्थापकहरूको सेयर होल्ड गर्ने रणनीतिमा निर्भर हुने बताइएको छ।

लक–इन समाप्तिको जानकारी सेयर मूल्य उतार–चढावमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई तथ्यांक र बजार अवस्थाको अध्ययन गरेर मात्रै निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् ।