नेपाल फर्किए “च्याम्पियन रवीन्द्र” भव्य स्वागतले भरियो त्रिभुवन विमानस्थल

रवीन्द्र ढाट, MFN १७, बान्टमवेट च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, भारत नोएडा, स्वागत समारोह, नेपाली खेलकुद

रवीन्द्र ढाट, MFN १७, बान्टमवेट च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, भारत नोएडा, स्वागत समारोह, नेपाली खेलकुद

साउन १९, २०८२।

काठमाडौं – भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (MFN)–१७ को बान्टमवेट उपाधि जितेर स्वदेश फर्किएका बझाङका व्यावसायिक फाइटर रवीन्द्र ढाटको सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

रातारात चर्चामा आएका ढाटका दर्जनौं समर्थकहरू फूलमाला, खादा र नारासहित विमानस्थलमा पुगेका थिए। “नेपाली च्याम्पियन जिन्दाबाद” भन्ने नारासँगै ढाटको ऐतिहासिक सफलतालाई उनीहरूले खुलेर स्वागत गरे।

रवीन्द्र ढाट, MFN १७, बान्टमवेट च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, भारत नोएडा, स्वागत समारोह, नेपाली खेलकुद
त्रिभुवन विमानस्थलमा भब्य स्वागत

ढाटले आइतबार राति भारतका चर्चित फाइटर चोंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि हात पार्न सफल भएका हुन्। यस जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

ढाटको यो जित नेपाली एमएमए इतिहासमै महत्वपूर्ण मानिएको छ।म यो उपाधि नेपाल र नेपाली जनताको नाममा समर्पित गर्छु, स्वदेश फर्किएपछि उनले संक्षिप्त प्रतिक्रिया दिएका थिए।

रवीन्द्र ढाट, MFN १७, बान्टमवेट च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, भारत नोएडा, स्वागत समारोह, नेपाली खेलकुद
त्रिभुवन विमानस्थलमा रबिन्द्र

खेलप्रेमीहरू ढाटको यस उपलब्धिलाई ‘नेपाली फाइट स्पिरिटको पुनरुत्थान’का रूपमा हेरेका छन्। सामाजिक सञ्जालमा पनि रवीन्द्रको जितले व्यापक चर्चा पाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।