नेपाली यु–२० महिला रग्बी टोली घोषणा

नेपाल महिला रग्बी, यु–२० रग्बी नेपाल, एसिया रग्बी च्याम्पियनसिप २०२५, नेपाली रग्बी संघ, महिला रग्बी टोली घोषणा, सर्लाही रग्बी प्रशिक्षण, सावित्री पुर्जा

नेपाल महिला रग्बी, यु–२० रग्बी नेपाल, एसिया रग्बी च्याम्पियनसिप २०२५, नेपाली रग्बी संघ, महिला रग्बी टोली घोषणा, सर्लाही रग्बी प्रशिक्षण, सावित्री पुर्जा

साउन १९, २०८२।

काठमाडौं – नेपाल रग्बी संघले आगामी एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ का लागि नेपाली यु–२० महिला रग्बी टोलीको घोषणा गरेको छ। भारतको बिहार राज्यको राजगीर स्पोर्ट्स कम्प्लेक्समा साउन २४ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालसहित एशियाका ११ देशका युवा टोलीहरूको सहभागिता रहनेछ।

नेपाल रग्बी संघले १३ सदस्यीय नेपाली महिला टोली आइतबार सार्वजनिक गरेको हो। पछिल्लो संस्करण नेपालमै आयोजना भएको उक्त प्रतियोगिता यसपालि भारतमा हुँदैछ।

घोषित नेपाली टोली:

सम्झौता तुम्बापो, लक्की बलम्पाकी मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोशना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रामिरा शाही रहेका छन् ।

टोलीको प्रशिक्षणको जिम्मेवारी सावित्री पुर्जालाई दिइएको छ। संघका महासचिव गोविन्द घिमिरेका अनुसार टोली अहिले सर्लाहीको राधाकृष्ण खेलमैदानमा अभ्यासमा व्यस्त छ।

महासचिव घिमिरेका अनुसार प्रतियोगिता स्थल भारतको जलवायुसँग मिल्दोजुल्दो वातावरण बनाउन टोलीलाई पछिल्लो एक महिनादेखि तयारीमा राखिएको हो। टोली साउन २२ गते भारत प्रस्थान गर्नेछ।

प्रतियोगितामा ८ महिला र ८ पुरुष यु–२० टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपाल महिला तर्फबाट सहभागी हुने टोलीमध्ये एक हो। प्रतियोगिता एसिया रग्बीको आयोजनामा हुँदैछ।

नेपाल रग्बी संघले पछिल्ला वर्षहरूमा युवा स्तरीय अन्तर्राष्ट्रिय सहभागितामा ध्यान दिँदै आएको छ। यस्ता प्रतियोगिताहरूले नेपाली महिला रग्बी खेलाडीहरूको आत्मविश्वास र अनुभव बढाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।