नेपाली क्रिकेट स्थिरताको बाटोमा : पारस खड्का

पारस खड्का, नेपाली क्रिकेट स्थिरता, क्यान नेपाल, जिल्ला क्रिकेट संघ, काठमाडौं क्रिकेट संघ, प्रसिद्ध जैसी, कृष्मा गुरुङ, एसिसी यु–१६, नेपाली महिला क्रिकेट, क्रिकेट सम्मान कार्यक्रम, नेपाली क्रिकेट भविष्य, नेपाली क्रिकेट समाचार

साउन २२, २०८२।

नेपाल क्रिकेट संघ (क्यान) का महासचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताको बाटोमा रहेको बताएका छन्। काठमाडौं जिल्ला क्रिकेट संघको छैटौं साधारण सभामा बोल्दै उनले अन्तर्राष्ट्रिय सफलतासम्म आइपुग्न विभिन्न चुनौतीहरूसँग जुध्दै आएको स्मरण गराए।

खड्काले भने, आज नेपाली क्रिकेटले जुन स्थान पाएको छ त्यो सजिलो यात्राबाट सम्भव भएको होइन। एकदिवसीय मान्यता प्राप्त गर्नदेखि लिएर टोलीको स्थायित्वसम्मका विषयमा धेरै संघर्ष गरियो।

उनका अनुसार क्रिकेटको विकासका लागि अब जिल्ला र प्रदेश संघहरू पनि सशक्त र एकीकृत रूपमा अघि बढ्न आवश्यक छ। उनले हाल क्यानसँग आबद्ध ४५ जिल्ला र सात प्रदेश संघहरूलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गरे।

कार्यक्रममा बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो। सो अवसरमा काठमाडौं जिल्ला क्रिकेट संघले पाँच जना क्रिकेटकर्मीलाई सम्मान पनि गरेको छ।

नेपाली यु–१६ पुरुष टोलीका सदस्य प्रसिद्ध जैसी र महिला टोलीकी खेलाडी कृष्मा गुरुङले जनही पाँच हजार रुपैयाँसहित सम्मान प्राप्त गरेका हुन्। प्रसिद्धले एसिसी यु–१६ इस्ट जोन कपमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै २४६ रन बनाएका थिए।

यसैगरी आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र प्रशिक्षक सामसनजंग थापा पनि सम्मानित भएका छन्।
संघका अध्यक्ष दिवाकर घलेका अनुसार काठमाडौं जिल्ला क्रिकेट संघले चालु वर्षमा ६ वटा प्रमुख कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको छ।

प्रधानमन्त्री कप पुरुष तथा महिला छनोटदेखि लिएर यु–१९ तथा एसिसी यु–१६ इस्ट जोन कप छनोट प्रतियोगिता समेत संघले आयोजना गरिसकेको हो।

अध्यक्ष घलेले भने, हामीले खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर दिँदै आएका छौं, र भविष्यमा अझ धेरै कार्यक्रमहरू आयोजना गर्दै जिल्ला मात्र नभई राष्ट्रिय क्रिकेटमा थप योगदान दिने लक्ष्य लिएका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।