नेपालको लगातार दोस्रो जित: सोमपाल कामीको ५ विकेट

नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News मेलबर्न रेनेगेट्सको विकेट लिएपछि नेपालका सोमपाल कामी साथीसँग खुसी साट्दै ।
नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News
मेलबर्न रेनेगेट्सको विकेट लिएपछि नेपालका सोमपाल कामी साथीसँग खुसी साट्दै ।

भदौ ५, २०८२।

काठमाडौं – नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। बुधबार काजालिस एरिनामा भएको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्‍यो।

यसअघि नेपालले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनले हराएको थियो।

सोमपाल कामीको घातक बलिङ

नेपालका तेज बलर सोमपाल कामी खेलको नायक बने। उनले ४ ओभरमा मात्र १७ रन खर्चेर ५ विकेट लिए। उनको शानदार प्रदर्शनपछि रेनेगेड्सको टिम २० ओभरमै १०६ रनमा अलआउट भयो।

सहायक बलरमध्ये कुशल भुर्तेलले २ विकेट लिन सफल भए भने रूपेश सिंह, दीपेन्द्र सिंह ऐरी र शाहब आलमले समान १–१ विकेट हात पारे।

नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News
सोमपाल कामी

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको लक्ष्य बनाएको थियो।

कुशल मल्ल : २९ रन

कप्तान दीपेन्द्र सिंह ऐरी : २७ रन

लोकेश बम : २४ रन

भीम सार्की : १७ रन

सुरुवाती तीन खेलमा लगातार पराजित भएको नेपाल अहिले भने दुई खेल लगातार जित्दै ५ खेलबाट ४ अंक जोड्न सफल भएको छ। यस जितसँगै नेपाल प्रतियोगितामा पुनः लयमा फर्किएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।