नयाँ दलमा कलाकारहरुको आकर्षण

rima- bishwakarma

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता

rima- bishwakarma

काठमाडौँ – नेपालमा हाल गठन भइरहेका नयाँ राजनीतिक दलहरूमा कलाकारहरूको आकर्षण तीव्र रूपमा बढिरहेको छ। “एक पार्टी–एक कलाकार” जस्तै देखिने वर्तमान परिस्थितिमा हरेक नयाँ पार्टीले लोकप्रिय कलाकारलाई नेतृत्व तहदेखि सदस्यता तहसम्म सक्रिय रूपमा जोड्दै गएको देखिन्छ।

अभिनेत्री एलिजा गौतम ‘जनादेश पार्टी नेपाल’ की उपाध्यक्ष बनेकी छन् भने रीमा विश्वकर्मा ‘उज्यालो नेपाल पार्टी’ मा प्रवेश गर्दै ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वप्रति विश्वास व्यक्त गरेकी छन्। अभिनेत्री निशा अधिकारी पनि ‘गतिशील लोकतान्त्रिक पार्टी’ की केन्द्रीय सदस्य बनिसकेकी छन्।

कलाकारहरूका अनुसार राजनीतिमा प्रवेश गर्नुको मुख्य उद्देश्य सामाजिक सुधार, नीतिगत योगदान, युवालाई रोजगारी, सुशासन र प्रणालीगत परिवर्तन नै हो। रिमा भन्छिन्, हामीले धेरै प्रधानमन्त्री बदलिएको देख्यौं तर हाम्रो जीवनमा खासै परिवर्तन आएन। अबका पुस्ताका लागि काम गर्नुपर्छ भन्ने महसुस गरे, अनि राजनीतिमा आए ।

एलिजा गौतमका अनुसार महिला अधिकार, रोजगारी र सुशासन आफ्नो पार्टीका मुख्य एजेन्डा हुन्। उनी भन्छिन्, कलाकारले समाजलाई धेरै दिन सक्छन्। अब त्यो काम राजनीतिक नेतृत्वबाट गर्न चाहें।

कलाकारहरूको राजनीतिक सक्रियता बढ्नुमा हालैको जेनजी आन्दोलनले ठूलो प्रभाव पारेको छ। यसले युवामा नयाँ नेतृत्वप्रतिको खोजी र निराशा हटाउने आशा जगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।