देश बनाउने यात्रामा हातेमालो: मेयर बालेनसँगको भेटपछि कुलमानको सन्देश चर्चामा

कुलमान घिसिङ, बालेन शाह, काठमाडौं महानगरपालिका, उज्यालो नेपाल पार्टी, राजनीतिक भेट, देश निर्माण, सहरी विकास, ऊर्जा सुधार, फोटो भेट, ट्रेन्डिङ समाचार, , , y, , ,

मंसिर १४, २०८२।  काठमाडौँ दैनिक संवाददाता

कुलमान घिसिङ, बालेन शाह, काठमाडौं महानगरपालिका, उज्यालो नेपाल पार्टी, राजनीतिक भेट, देश निर्माण, सहरी विकास, ऊर्जा सुधार, फोटो भेट, ट्रेन्डिङ समाचार, , , y, , ,

काठमाडौँ – उज्यालो नेपाल पार्टी गठन गरेर सक्रिय रूपमा राजनीतिमा उत्रिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। शनिबार बालेनकै निवासमा भएको भेटको तस्बिर घिसिङले फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, देश बनाउने अभियानमा हामी सँगै छौं।

राजनीतिक भेटघाट र समसामयिक बहसबीच आएको यो फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। ऊर्जा क्षेत्र सुधारका अभियन्ताका रूपमा परिचित कुलमान र काठमाडौं सहरी व्यवस्थापनमा आक्रामक शैली अपनाउँदै आएका मेयर बालेन दुवैको भेटलाई नागरिकले सकारात्मक सन्देशका रूपमा लिएका छन्।

बालेन सचिवालयका अनुसार दुवैबीच देश विकास, सहरी पूर्वाधार, ऊर्जा व्यवस्थापन तथा सम्भावित सहकार्यका एजेन्डामा कुराकानी भएको थियो।

भेटबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि ‘देश निर्माणमा साझेदारी’ भन्ने घिसिङको टिप्पणीले नागरिक स्तरमा थप अपेक्षा जागेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।