KATHMANDU DAINIK

दुबईबाट दोहा जाने विमानमा भारतीय पुरुषलाई खाना नदिएको दृश्य, कतारी महिलाको पोस्ट भाइरल

भारतीय श्रमिक खाना, दुबई दोहा विमान, कतारी महिला पोस्ट, श्रमिक दु:ख, विमानमा विभेद, सामाजिक सञ्जाल भाइरल, migrant worker story, Doha viral news, compassion for labourers

दोहा, कतार। साउन ९ – दुबईदेखि दोहातर्फ उडिरहेको एउटा विमानमा भारतीय श्रमिक जस्तो देखिने एक यात्रु ‘खाना नपाएको’ घटनाले अहिले सामाजिक सञ्जालमा मानवता र भावुकता फैलाइरहेको छ।

दोहामा बसोबास गर्ने एक मेकअप आर्टिस्ट महिलाले उक्त घटना आफ्ना आँखाले देखेको अनुभव फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्, जुन अहिले व्यापक रूपमा भाइरल भइरहेको छ।

उक्त पोस्टअनुसार उनी झ्यालपट्टीको सिटमा थिइन्, बीचको सिट खाली थियो र उक्त भारतीय पुरुष गल्लीपट्टीको सिटमा थिए। उडान छोटो भएकाले उनी निदाएकी थिइन्। जब विमानका स्टाफहरूले “चिकेन वा बीफ?” भन्दै खाना बाँड्न थाले, उनलाई स्यान्डविच, चकलेट र पानी सहितको खाना दिइयो तर त्यो पुरुषलाई भने एउटा प्लास्टिकको पानीको कप मात्र दिइयो।

“उहाँले केही भनेनन्, बस टाउको झुकाएर चुपचाप बसे। आँखामा पीडा लुकाएको स्पष्ट देखिन्थ्यो ती महिलाले लेखेकी छन्।

त्यसपछि उक्त पुरुषले त्यो पानीको बोतल खोल्न सहयोग मागे। त्यसपछि झोलाबाट एउटा आँप र केही अंगुर निकालेर उनलाई खाना प्रस्ताव गरे। तर ती महिलाले त्यो नलिई धन्यवाद दिइन् किनकि त्यो सायद उनीसँग भएको सबै खानेकुरा थियो।

पोस्टको अन्त्यमा उनले भनिन्, “हामी सबैले दयालु हुन आवश्यक छ। यस्ता श्रमिकहरू तातो घाममा काम गर्छन्, कहिले काँही केवल एक बोतल पानी वा थोरै माया नै धेरै अर्थ राख्छ।

त्यसैगरी उनले एयरलाइनलाई पनि सचेत बनाउँदै लेखेकी छन्, “सानो स्यान्डविच र किटक्याट दिनुले तपाईको बजेटमा खासै असर पर्दैन तर कसैको लागि त्यो धेरै ठूलो कुरा हुन सक्छ।

Exit mobile version