दयाहाङ राई र संस्कृतिलाई लिएर नयाँ नेपाली फिल्म ‘बुकी फूल’ निर्माण हुँदै

बुकी फूल फिल्म, दयाहाङ राई नयाँ फिल्म, नेपाली सांस्कृतिक फिल्म, सिक्लेस संस्कृति, नेपाली फिल्म २०८२, नेपाली फिल्म पोखरा छायांकन, संस्कृति गुरुङ, अभियान फिल्मस् प्रोडक्सन, नेपाली लोक संस्कृति फिल्म, कास्की फिल्म छायांकन, नेपाली चलचित्र २०८३, दयाहाङ राई फिल्म प्रोजेक्ट, गुरुङ फिल्म एसोसिएसन नेपाल, नेपाली लोक परम्परा

बुकी फूल फिल्म, दयाहाङ राई नयाँ फिल्म, नेपाली सांस्कृतिक फिल्म, सिक्लेस संस्कृति, नेपाली फिल्म २०८२, नेपाली फिल्म पोखरा छायांकन, संस्कृति गुरुङ, अभियान फिल्मस् प्रोडक्सन, नेपाली लोक संस्कृति फिल्म, कास्की फिल्म छायांकन, नेपाली चलचित्र २०८३, दयाहाङ राई फिल्म प्रोजेक्ट, गुरुङ फिल्म एसोसिएसन नेपाल, नेपाली लोक परम्परा

साउन २४, २०८२।

लमजुङ – चर्चित अभिनेता दयाहाङ राईलाई लिएर अभियान फिल्मस् प्रोडक्सन प्रालिले नयाँ नेपाली फिल्म ‘बुकी फूल’ निर्माण गर्ने भएको छ। फिल्मको छायांकन भदौदेखि पोखरामा सुरु हुने जानकारी प्रोडक्सन म्यानेजर डीबी गुरुङले दिएका छन्।

‘बुकी फूल’ लेकाली क्षेत्रमा पाइने एउटा सुगन्धित फूलको नाम हो र यस फिल्मले सिक्लेस क्षेत्रको सांस्कृतिक र परम्परागत जीवनलाई चित्रण गर्ने लक्ष्य राखेको छ। यसमा दयाहाङ राईसँगै नयाँ मोडल तथा सहनिर्देशक संस्कृतिका रूपमा परिचित संस्कृति गुरुङले अभिनय गर्नेछिन्। यो संस्कृतिको डेब्यु फिल्म पनि हो।

फिल्मको कथा अभियान फिल्मस्‌का निर्देशक र गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ (श्याम) ले लेखेका हुन् भने निर्देशन ओमप्रकाश गुरुङले गर्नेछन्। फिल्ममा राजेश गुरुङ, प्रकाश घिमिरे, प्रेम पुन, लालशोभा गुरुङ र पुष्कर गुरुङ लगायत कलाकारहरूलाई समेत अनुबन्ध गरिएको छ।

फिल्मको छायांकन कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेस र कोरी क्षेत्रमा हुने बताइएको छ। निर्माण पक्षले फिल्ममा सिक्लेस क्षेत्रको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक विधिहरू, जस्तै मौदु क्यू फुइ स्नान, छेलो फाल्ने प्रतियोगिता र दूधपोखरीमा नुहाउने परम्परा समेटिने जनाएको छ।

फिल्म माघसम्म छायांकन गरेर २०८३ साल वैशाखमा प्रदर्शनमा आउने लक्ष्य राखिएको छ।
हामीले आफ्नो गाउँठाउँको कथा, संस्कृति र प्रकृतिलाई फिल्ममार्फत चिनाउन खोजेका छौं’, लेखक गुरुङले भने।

यो फिल्मले नेपाली सांस्कृतिक विविधता र पहाडी समुदायको पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माग्ने राजा, नेपाली फिल्म, केदार घिमिरे, माग्ने बुढा, नयाँ नेपाली चलचित्र, नेपाली सिनेमा २०८२, सामाजिक व्यंग्य फिल्म, तीज विशेष फिल्म, वर्षा सिवाकोटी, नेपाली ट्रेलर रिलीज 2025।

साउन २२, २०८२।

काठमाडौं – भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ। हास्यप्रधान र सामाजिक सन्देश बोकेको उक्त फिल्मको ट्रेलरले दर्शकहरूलाई रमाइलो तर, गम्भीर सन्देश दिएको छ। बिना मिहेनत पैसा कमाउन खोज्नु गलत हो।

चार मिनेट लामो ट्रेलरमा केदारप्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, र शारदा गिरी मुख्य भूमिकामा देखिएका छन्। मिस पबीलाई टेलिभिजन प्रस्तोताको रूपमा र कोमल वलीलाई न्यायाधीशको सानो झल्कोमा प्रस्तुत गरिएको छ।

फिल्मको कथावस्तु एक गाउँले निर्धन युवाको सपना र त्यसलाई पुरा गर्न गरेको संघर्ष वरिपरि घुमेको छ। केदार घिमिरेलाई विभिन्न अवतारमा देखाइएको छ जसले हास्यको साथसाथै समाजमा गहिरो सन्देश दिन खोजिएको बुझ्न सकिन्छ। यो फिल्म उनको शीर्ष भूमिकामा अभिनय गरिएको पहिलो फिल्म हो।

निर्देशक ऋषि लामिछानेद्वारा निर्देशित यस फिल्मको पटकथा सामीप्य तिमल्सेनाले लेखेका हुन्। मधुसुधन शर्माको निर्माण तथा नरेन्द्र मैनालीको छायांकन रहेको फिल्म सामाजिक, आर्थिक र राजनीतिक यथार्थमाथि गहिरो व्यंग्य हो।

ट्रेलरमा हँसाउने दृश्यहरूसँगै फिल्मले यथार्थ देखाउने प्रयास गरेको छ, जसमा सजिलो बाटोबाट धनी बन्ने चाहना, भ्रष्ट मानसिकता र समाजमा व्याप्त असमानतालाई देखाइएको छ। ‘माग्ने राजा’ केवल मनोरञ्जन मात्र नभई शिक्षाप्रद पनि हुने अपेक्षा गरिएको छ।

फिल्म तीजको अवसर पारेर भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। यसअघि सार्वजनिक गरिएको गीत ‘त्यो मीठो जोवन’ र फिल्मको प्रोमो सामग्रीले युट्युबमा लाखौँ भ्यूज पाइसकेको छ, जसले दर्शकहरूमा फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ।