दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुककी पत्नी पक्राउ

किम किओन ही पक्राउ,दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योएल पत्नी,स्टक हेरफेर आरोप,घूसखोरी दक्षिण कोरिया,पूर्वप्रथम महिला पक्राउ,किम किओन ही घूस,कोरियाली राजनीति भ्रष्टाचार

किम किओन ही पक्राउ,दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योएल पत्नी,स्टक हेरफेर आरोप,घूसखोरी दक्षिण कोरिया,पूर्वप्रथम महिला पक्राउ,किम किओन ही घूस,कोरियाली राजनीति भ्रष्टाचार

साउन २९, २०८२।   एजेन्सी 

काठमाडौं – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योएलकी पत्नी तथा (पूर्वप्रथम महिला) किम किओन हीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि स्टक हेरफेर, घूस लिने र राजनीतिक हस्तक्षेप गरेको आरोप लागेको छ। अदालतले प्रमाण नष्ट गर्ने जोखिम देखाउँदै उनलाई थुनामा राख्न आदेश दिएको हो।

किमले बीएमडब्ल्यू कम्पनीको शेयर हेरफेर गरी करिब ८ करोड वोन नाफा कमाएको आरोप छ। युनिफिकेशन चर्चबाट घूसस्वरूप झोला र हिराको हार लिएको  समेत दाबी गरिएको छ।

उनले २०२२ र २०२४ का निर्वाचनमा उम्मेदवार चयनमा समेत हस्तक्षेप गरेको बताइएको छ। यो घटना दक्षिण कोरियाको इतिहासमा पहिलो पटक हो जहाँ एकैपटक पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुवै जेलमा परेका छन्।

पूर्वराष्ट्रपति युन सुक योएलले कार्यकालमा पत्नीविरुद्ध विशेष छानबिन गर्न प्रस्तावित विधेयकमा वीटो गरेका थिए। तर नयाँ राष्ट्रपति ली जे म्युङको कार्यकालमा उक्त अनुसन्धान अघि बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भियतनाम उपराष्ट्रपति नेपाल भ्रमण, नेपाल भियतनाम सम्बन्ध, रामसहायप्रसाद यादव, भो थि आन सुआन नेपाल, द्विपक्षीय वार्ता नेपाल भियतनाम, नेपाल भियतनाम कूटनीति, नेपाल भियतनाम ५० वर्ष
भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन फाइल तस्बिर।

भदौ ७, २०८२।

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज (शनिबार) तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आगमन गर्न लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार यो नेपाल–भियतनाम कूटनीतिक सम्बन्धमा पहिलो पटक हुने उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच काठमाडौँमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने छ।

त्यसबाहेक उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव समेत परेको हुँदा यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। भ्रमण सम्पन्न गरेपछि उपराष्ट्रपति सुआन भदौ ९ गते काठमाडौंबाट हनोई फर्कने कार्यक्रम तय भएको छ।