थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनविरुद्धको देशद्रोह मुद्दा खारेज

थाक्सिन सिनावात्रा, थाइल्यान्ड शाही अपमान, थाइल्यान्ड देशद्रोह मुद्दा, थाइल्यान्ड राजनीति, यिंगलक शिनावात्रा, पाटोङ्टार्न शिनावात्रा, थाइल्यान्ड अदालत फाइल तस्वीर।
थाक्सिन सिनावात्रा, थाइल्यान्ड शाही अपमान, थाइल्यान्ड देशद्रोह मुद्दा, थाइल्यान्ड राजनीति, यिंगलक शिनावात्रा, पाटोङ्टार्न शिनावात्रा, थाइल्यान्ड अदालत
फाइल तस्वीर।

भदौ ७, २०८२।  एजेन्सी

काठमाडौं – थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि लागेको शाही अपमान र देशद्रोह सम्बन्धी मुद्दा खारेज गरेको छ।

यो मुद्दा सन् २०१५ मा निर्वासनमा रहँदा दिएको अन्तर्वार्तासँग जोडिएको थियो। दक्षिण कोरियाली पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले थाइल्यान्डको प्रिभी काउन्सिल (शाही सल्लाहकार निकाय) लाई २०१४ को सैनिक विद्रोहमा संलग्न भएको आरोप लगाएका थिए। सो विद्रोहपछि उनकी बहिनी यिंगलक शिनावात्राको सरकार अपदस्थ भएको थियो।

अभियोग सिद्ध भए थाक्सिनलाई १५ वर्षसम्म कैद सजाय हुने सम्भावना थियो। तर अदालतले शुक्रबार फैसला सुनाउँदै मुद्दा खारेज गरेको छ।

थाइल्यान्डको कानुनअनुसार शाही परिवार वा राजतन्त्रको आलोचना वा अपमान अपराध मानिन्छ। अन्तर्राष्ट्रिय मानवअधिकार संस्था र समीक्षकहरूले यो कानुनलाई प्रायः राजनीतिक प्रतिपक्षी र कार्यकर्तामाथि दमन गर्न प्रयोग हुने गरेको आरोप लगाउँदै आएका छन्।

यो निर्णय त्यस्तो समयमा आएको हो, जब थाक्सिनकी छोरी तथा निलम्बित प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्रा पनि अदालतको कारबाहीमा सामेल छिन्। यसले थाइल्यान्डको राजनीति फेरि तात्ने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भारत रूस भेटवार्ता, पुटिन जयशंकर भेट, भारतीय विदेशमन्त्री रूस, भारत रूस सम्बन्ध, भारत रूस व्यापार, भारत रूस ऊर्जा सम्झौता, रूस भारत कूटनीति, पुटिन भेट भारतीय विदेशमन्त्री, जयशंकर मास्को भ्रमण, भारत रूस रणनीतिक साझेदारी

भदौ ७, २०८२।

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लावरोफसँग मास्कोमा उच्चस्तरीय भेटवार्ता गरेका छन्।

भेटमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, मल आपूर्ति, स्वास्थ्य, सीप तथा श्रमिक गतिशीलता, रक्षासम्बन्धी सहयोग लगायतका विषयमा विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

जयशंकरले यस भेटवार्ताले भारत–रूस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले भने,
हामीले युक्रेन युद्ध, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपसम्बन्धी धारणा आदानप्रदान गरेका छौं। संयुक्त राष्ट्रसंघ, जी–२०, एससीओ र ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय संस्थामा आपसी सहयोगबारे पनि चर्चा भएको बताइएको छ।

यस भेटलाई भारत–रूस रणनीतिक साझेदारीको सन्देशका रूपमा लिइएको छ। दुबै मुलुकबीचको पुरानो मैत्रीपुर्ण  सम्बन्धलाई यसले अझ सुदृढ बनाउने भारतीय पक्षले जनाएको छ।