टिकटक एभरेष्ट महिला भलिबल लिगको ‘इन्टरटेनमेन्ट पार्टनर’

एभरेष्ट महिला भलिबल लिग, टिकटक इन्टरटेनमेन्ट पार्टनर, महिला भलिबल नेपाल, वात्सल्य महिला भलिबल लिग, महिला खेलाडी सशक्तिकरण, नेपाल भलिबल संघ, महिला भलिबल फ्रेन्चाइज लिग, भलिबल लिग २०८२, टिकटक नेपाल, महिला खेलकुद नेपाल, नेपाल महिला भलिबल, महिला भलिबल प्रतियोगिता, महिला भलिबल टुर्नामेन्ट, नेपाली महिला खेलाडी, खेलकुद समाचार नेपाल

साउन २३, २०८२।

काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) को दोस्रो संस्करणका लागि लोकप्रिय छोटो भिडियो प्लेटफर्म ‘टिकटक’ आधिकारिक इन्टरटेनमेन्ट पार्टनर बनेको छ। आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सेप्टेम्बर ५ देखि १३ (भदौ २०–२८) सम्म हुने लिगमा टिकटकको सहभागिता औपचारिक रूपमा घोषणा गरेको हो।

यो साझेदारीको उद्देश्य लिगलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने, नेपाली महिला खेलाडीको सशक्तिकरणलाई बढावा दिने र खेलको सांस्कृतिक तथा राष्ट्रिय महत्त्वलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्‍याउने रहेको आयोजकले जनाएको छ।

टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदका अनुसार यो सहकार्य नेपाली राष्ट्रिय खेललाई ‘उत्सव’को रूपमा मनाउने, महिला खेलको कथा विश्वव्यापी दर्शकसम्म पुर्‍याउने र अन्तर्राष्ट्रिय पहिचान दिलाउने ऐतिहासिक अवसर हो।

एभरेष्ट महिला भलिबल लिग, टिकटक इन्टरटेनमेन्ट पार्टनर, महिला भलिबल नेपाल, वात्सल्य महिला भलिबल लिग, महिला खेलाडी सशक्तिकरण, नेपाल भलिबल संघ, महिला भलिबल फ्रेन्चाइज लिग, भलिबल लिग २०८२, टिकटक नेपाल, महिला खेलकुद नेपाल, नेपाल महिला भलिबल, महिला भलिबल प्रतियोगिता, महिला भलिबल टुर्नामेन्ट, नेपाली महिला खेलाडी, खेलकुद समाचार नेपाल

वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सीईओ स्नेभी चापागाईंले यो सहकार्यलाई “गेम चेन्जर” भन्दै यसले महिला खेलको कथा गाउँ–सहर र विश्वसामु पुर्‍याउनेमा विश्वास व्यक्त गरिन्।

यस साझेदारीअन्तर्गत पर्दा पछाडिका दृश्य, डिजिटल च्यालेन्ज (#EWVOnTikTok #AbaPaloMahilako), भलिबल स्टार र कन्टेन्ट क्रिएटरबीचको सहकार्य, लाइभ अपडेट, हाइलाइट भिडियो र स्टेडियममा ‘टिकटक जोन’ जस्ता गतिविधि हुनेछन्।

एसियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिगका रूपमा परिचित EWVL लाई नेपाल भलिबल संघले स्वीकृति प्रदान गरेको छ, र यसका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता

एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।

यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।

पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।

एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।

कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।