टप ट्वान्टी–२० शृङ्खला : नेपाल र पाकिस्तान भिड्दै

नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News मेलबर्न रेनेगेट्सको विकेट लिएपछि नेपालका सोमपाल कामी साथीसँग खुसी साट्दै ।

नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News

भदौ ६, २०८२।

काठमाडौँ – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड ट्वान्टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीच आज महत्वपूर्ण खेल हुँदैछ।

शृङ्खलाको समूह चरण अन्तर्गत हुने यो अन्तिम खेलमा दुवै टोलीको लक्ष्य फरक–फरक छ। अङ्क तालिकामा सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने दबाब छ भने पाकिस्तानले शीर्ष स्थान कायम राख्न संघर्ष गर्नेछ।

खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे सुरु हुनेछ।

नेपालका लागि यो खेल महत्त्वपूर्ण रहेको छ । पछिल्ला खेलमा बलिङ विभागले राम्रो प्रदर्शन गरे पनि ब्याटिङ लाइनअप कमजोर रहँदै आएको छ। यस पटक आक्रामक ब्याटिङ गर्न नसके नेपालको यात्रै यहीं अन्त्य हुने जोखिम बढ्नेछ।

पाकिस्तान भने शृङ्खलामा निरन्तरता दिने लयमा छ। बलिङमा स्पिनरहरूसँगै तीव्र गतिका बलरहरूसमेत प्रभावकारी देखिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अधिकारीहरूले भने, “यो खेल नेपालको लागि फाइनल सरह हो। खेलाडीहरूले आफ्नो क्षमताको उत्कृष्ट स्तरमा प्रदर्शन गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।