चार वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एकजुट, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर

nrn

मंसिर १५, २०८२।   काठमाडौं  दैनिक संवाददाता

nrn

काठमाडौं – करिब चार वर्षदेखि विभाजित रहँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्ततः एकजुट भएको छ। अध्यक्ष बद्री केसी र महेशकुमार श्रेष्ठ नेतृत्वका दुई अलग–अलग कार्यसमितिले आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा १० बुँदे एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेपछि संगठन पुनः एकताको मार्गमा अघि बढेको छ।

एनआरएनएमा गत १ माघ २०७८ यता देखिएको विवादले वर्षौंदेखि दुई अलग नेतृत्वका संरचना बनेका थिए। आइतबारको सहमतिसँगै दुवै पक्षले एकअर्काका कार्यसमितिलाई वैध रूपमा स्वीकार गरेका छन्।

सहमति अनुसार आउँदो १७ अप्रिलभित्र ‘एकता महाधिवेशन’ का रूपमा १२ औं महाधिवेशन सम्पन्न गरिनेछ। उक्त महाधिवेशन पारदर्शी र विश्वसनीय बनाउन ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ। स्टेरिङ कमिटीका सदस्यहरू महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन्।

सहमति अनुसार सचिवालय व्यवस्थापनका लागि महासचिव गौरीराज जोशी र बाबुराम लामालाई पूर्ण अधिकार प्रदान गर्दै छुट्टै ‘सिस्टम म्यानेजमेन्ट कमिटी’ गठन गरिनेछ।

विगतका कारण अलग–अलग नेतृत्वमा बनेका डा. बद्री केसी, कुल आचार्य, रविना थापा, विनोद कुँवर र राजेन्द्रकुमार शर्माका कार्यसमितिहरूलाई पूर्वकार्यसमिति को रूपमा अभिलेखित गर्न दुवै पक्ष सहमत छन्।

गत मे ३–४ मा शेष घलेको संयोजकत्वमा आयोजित एकता महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको कार्यसमितिले बालुवाटारस्थित सचिवालयमा प्रवेश पाएको छ, भने २०२३ असोजमा सम्पन्न ११ औं महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वलाई पनि औपचारिक मान्यता दिइएको छ।

Nrn
सम्झौतापत्र आदानप्रदान
काठमाडौँ, १४ मङ्सिरः प्रधानमन्त्री शुसिला कार्कीको प्रमुख आतिथ्यमा एनआरएनएको बृहद् एकताको सहमतिमा हस्ताक्षर कार्यक्रममा आइतबार सम्झौतापत्र आदानप्रदान गर्दै

दुवै पक्षबिच सर्वोच्च अदालतमा दायर मुद्दाहरू फिर्ता लिने वा आपसी सहमतिमा समाधान गर्ने प्रतिबद्धता सहमतिपत्रमा उल्लेख छ। साथै, सहमति परराष्ट्र मन्त्रालयमा अभिलेखित गरिनेछ र कार्यान्वयनमा विवाद आए परराष्ट्र मन्त्रालयले समन्वय गर्नेछ।

एनआरएनएको आर्थिक व्यवस्थापन पारदर्शी बनाउन स्वतन्त्र तेस्रो पक्षबाट अडिट गरिनेछ। १२ औं महाधिवेशन–निर्वाचनको स्वतन्त्रता र निष्पक्षता कायम राख्न पूरक सहमति पनि गरिने उल्लेख छ।

सहमति हस्ताक्षर गर्दै दुवै नेता केसी र श्रेष्ठले एनआरएनएलाई स्वायत्त, गैरराजनीतिक र विश्वभरका नेपालीको साझा संस्थाको रूपमा अघि बढाउने प्रतिज्ञा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।