चार महिनादेखि तलब नपाएपछि शिक्षक धर्नामा, विद्यालय ठप्प

शिक्षक तलब समस्या, सप्तरी आन्दोलन, विद्यालय बन्द नेपाल, शिक्षक धर्ना, महावीर पुन निर्देशन, गाउँपालिका विवाद, शिक्षा क्षेत्र संकट, नेपाली शिक्षक आन्दोलन, शिक्षकले तलब पाएनन्, सप्तरी समाचार

कात्तिक २५, २०८२।   काठमाडौं दैनिक संवाददाता

शिक्षक तलब समस्या, सप्तरी आन्दोलन, विद्यालय बन्द नेपाल, शिक्षक धर्ना, महावीर पुन निर्देशन, गाउँपालिका विवाद, शिक्षा क्षेत्र संकट, नेपाली शिक्षक आन्दोलन, शिक्षकले तलब पाएनन्, सप्तरी समाचार

राजबिराज – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकहरूले चार महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरी धर्ना सुरु गरेका छन्। कात्तिक १८ गतेदेखि गाउँपालिकाको कार्यालयअगाडि निरन्तर धर्नामा बसेका उनीहरूले शिक्षण कार्य रोकेका छन्।

रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा संघर्ष समितिका संयोजक दुखन यादवका भने, साउनदेखि तलब आएको छैन, भोको पेटले पढाउन सकिँदैन। आन्दोलनमा १६ विद्यालयका करिब ३०० शिक्षक तथा कर्मचारी सहभागी छन्।

गाउँपालिकामा राजनीतिक विवादका कारण सभासमेत बस्न नसकेको र प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब निकासा रोकिएको गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले बताएका छन्। उनले अब छिट्टै समस्या समाधान हुने दाबी गरे।

शिक्षकहरूले तिहारअघि नै तलब उपलब्ध गराउने सहमति भए पनि कार्यान्वयन नभएपछि विद्यालय बन्द गरेर धर्ना बस्नुपरेको जनाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैंअघि नै सम्बन्धित निकायलाई तलब वितरण गर्न निर्देशन दिए पनि अझै कार्यान्वयन भएको छैन।

शिक्षकहरूले सरकार र गाउँपालिकालाई तत्काल तलब वितरण गर्न माग गर्दै धर्ना दिइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।