गाजामा युद्धविराम अस्वीकार : ‘पूर्ण प्यालेस्टीनी राज्य’ नभएसम्म हमासले हतियार नछोड्ने

गाजा युद्धविराम, हमास इजरायल द्वन्द्व, प्यालेस्टीनी राज्य, बन्धक भिडियो, गाजा हमला, इजरायल रक्षा फोर्स, हमास विज्ञप्ति, मध्यपूर्व संघर्ष, गाजा संघर्ष २०८२

गाजा युद्धविराम, हमास इजरायल द्वन्द्व, प्यालेस्टीनी राज्य, बन्धक भिडियो, गाजा हमला, इजरायल रक्षा फोर्स, हमास विज्ञप्ति, मध्यपूर्व संघर्ष, गाजा संघर्ष २०८२

साउन १९, २०८२। एजेन्सी

जेरुसेलम – गाजामा जारी संघर्षलाई रोक्न इजरायलले अघि सारेको निशस्त्रीकरणको प्रस्ताव हमासले स्पष्ट रूपमा अस्वीकार गरेको छ। हमासले सार्वजनिक विज्ञप्ति जारी गर्दै भनेको छ “पूर्ण सार्वभौमसहितको स्वतन्त्र प्यालेस्टीनी राज्य” स्थापनासम्म लडाइँ रोकिदैन र हतियार बिसाइँदैन।

यस भनाइले इजरायल र हमासबीच युद्धविरामको सम्भावनालाई थप जटिल बनाएको छ। हालै अमेरिकी पूर्वदूत स्टिभ विटकफले हमास हतियार त्याग्न इच्छुक भएको टिप्पणी गरेपछि हमासले यसलाई खारेज गर्दै इजरायलको शर्त स्वीकार्य नहुने बताएको हो।

इजरायलले युद्ध अन्त्यका लागि हमासको निशस्त्रीकरणलाई मुख्य सर्तको रूपमा राख्दै आएको छ। तर, गत साता हमास र इजरायलबीच भइरहेको अप्रत्यक्ष वार्ता अवरुद्ध भएको थियो।

फ्रान्स, क्यानडा जस्ता पश्चिमा राष्ट्रहरूले प्यालेस्टीनी राज्यको मान्यता दिने संकेत दिएपछि अरब देशहरू पनि सक्रिय छन्। ती देशहरूले हमासलाई गाजाको नियन्त्रण त्याग्न र हतियार बिसाउन सुझाव दिएका छन्। ब्रिटेनले पनि सेप्टेम्बरसम्म इजरायलले आफ्ना शर्तहरू नमान्दा प्यालेस्टीनी राज्यको मान्यता दिने बताएको छ।

यता इजरायल डिफेन्स फोर्स (IDF) का प्रमुख इयाल जमिरले चेतावनी दिँदै भने “हमासले बन्धकहरू नछाडे युद्ध अझ चर्किनेछ। शनिबार हमासले एक इजरायली बन्धक एम्यातार डेभिडको भिडियो सार्वजनिक गरेपछि बन्धक परिवारले सरकारसँग उद्धारको माग गरेका छन्।

भिडियोमा एम्यातार एक अँध्यारो सुरुङमा भोकभोकै, बिना कपडा देखिएका छन्। उनको परिवारले विज्ञप्ति जारी गर्दै हमासले बन्धकलाई प्रोपागान्डाको साधनका रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ। साथै उनीहरूले इजरायली तथा अमेरिकी सरकारलाई दबाब सिर्जना गर्दै बन्धकको जीवनरक्षाको लागि सक्दो पहल गर्न अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भियतनाम उपराष्ट्रपति नेपाल भ्रमण, नेपाल भियतनाम सम्बन्ध, रामसहायप्रसाद यादव, भो थि आन सुआन नेपाल, द्विपक्षीय वार्ता नेपाल भियतनाम, नेपाल भियतनाम कूटनीति, नेपाल भियतनाम ५० वर्ष
भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन फाइल तस्बिर।

भदौ ७, २०८२।

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज (शनिबार) तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आगमन गर्न लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार यो नेपाल–भियतनाम कूटनीतिक सम्बन्धमा पहिलो पटक हुने उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच काठमाडौँमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने छ।

त्यसबाहेक उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव समेत परेको हुँदा यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। भ्रमण सम्पन्न गरेपछि उपराष्ट्रपति सुआन भदौ ९ गते काठमाडौंबाट हनोई फर्कने कार्यक्रम तय भएको छ।