Headlines

क्रिकेटमा भुटानमाथिको ऐतिहासिक जित : नेपाल यु–१६ को कीर्तिमानी

क्रिकेटमा भुटानमाथिको ऐतिहासिक जित : नेपाल यु–१६

असार १७, २०८२। काठमाडौं दैनिक, संवाददाता

एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत मलेसियाको सेलांगोर टर्फ क्लबमा आयोजित अन्तिम समूह चरणको खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गर्दै फेरि बिजेता बनेको छ ।

यो सन् २०२५ को यो प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा फराकिलो अन्तरको जित समेत हो नेपालको लागि यो जित सानो उपलब्धि होइन।

 

यो सफलता नेपाल क्रिकेटको उदीयमान पुस्ताको क्षमता र भविष्यप्रतिको आशावादी संकेत हो।

कप्तान विपिनप्रसाद शर्मा नेतृत्वको टोलीले बलिङ र ब्याटिङ दुबैमा शतप्रतिशत प्रदर्शन गरेपछि नतिजा स्पष्ट भयो नेपाल अब सेमिफाइनलमा।

नेपालले टस जितेर ब्याटिङ रोजेपछि ओपनिङबाटै आक्रामक प्रदर्शन सुरु गर्‍यो। टोलीका ओपनर रौनक श्रीवास्तवले मात्र १३२ बलमा १६८ रन बनाए, जसमा १६ चौका र ५ छक्का समावेश थिए। यस्तो पारीले खेलको लय सुरुमा नै नेपालतर्फ तानेको हो।

त्यसपछि जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएपछि नेपालले ५० ओभरमा ३५८ रन बनायो। पाँच विकेटको क्षतिमा बनाइएको यो स्कोर समूह चरणकै सबैभन्दा उच्च हो ।

३५९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भुटान एकछिन पनि लयमा आउन सकेन। प्रारम्भिक ओभरमै विकेटहरू गुमाउँदै ३२.४ ओभरभित्रै ६० रनमा ९ विकेट गुमायो।

भुटानका लागि सुजन दावाले सर्वाधिक १४ रन बनाउँदा उयोग छोफेलले १० रन जोडे। बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। अन्तिम ब्याटर क्रिजमा आउन नसक्दा इनिङ अधुरै रह्यो।

नेपाल यु–१६ को प्रदर्शनले नेपाली क्रिकेटमा मात्रै होइन, खेल पर्यटन मा पनि सकारात्मक प्रभाव पार्ने विज्ञहरूको विश्वास छ। यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा जीतले सन्देश दिन्छ कि नेपाल अब क्रिकेट राष्ट्रको रूपमा स्थापित हुँदैछ।

कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा मात्र ७ रन खर्चेर ४ विकेट लिएसंगै सचिन भट्ट र सुयोग भट्टराईले समान २-२ विकेट लिएर जित सुनिश्चित गरे। नेपालको अनुशासित बलिङ र फिल्डिङले भुटानलाई लक्ष्य नजिक जान दिएन। भुटानी ब्याटरहरू बारम्बार दबाबमा परिरहेको प्रष्ट देखिन्थ्यो ।

नेपालले समूह ए अन्तर्गत चार खेलमध्ये सबै जित्दै १० अंकसहित समूह शीर्षस्थानमा रह्यो। यस्तै सिंगापुर समूह ए को दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुग्यो।

समूह बी बाट हङकङ र मलेसिया सेमिफाइनल प्रवेशकर्ताहरू बनेका छन्। अब बिहीबार नेपालले मलेसियासँग सेमिफाइनल खेल्ने छ ।

म मैदान छिर्दा एक लक्ष्य थियो नेपाललाई जिताउनुछ। बल्ल बल्ल मेरो मेहनत, सपना सफल भयो। यो मेरो जीवनको सबैभन्दा गौरवपूर्ण क्षण हो, उनले उनलेे भने।

प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन्। समूह ए मा नेपाल, जापान, भुटान, सिंगापुर र इन्डोनेसिया रहे। समूह बी मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार सहभागी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *