क्रिकेटका लागि नेपथ्य: पोखरा रंगशालामा संगीत र खेलको रंगीन संगम

नेपथ्य कन्सर्ट पोखरा, क्रिकेटका लागि नेपथ्य, पोखरा एभेन्जर्स, नेपाल प्रिमियर लिग, गण्डकी क्रिकेट, अमृत गुरुङ, एनपीएल २०८२

कार्तिक २३, २०८२।   राज नेपाली

नेपथ्य कन्सर्ट पोखरा, क्रिकेटका लागि नेपथ्य, पोखरा एभेन्जर्स, नेपाल प्रिमियर लिग, गण्डकी क्रिकेट, अमृत गुरुङ, एनपीएल २०८२

पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम पोखरा एभेन्जर्स ले शुक्रबार पोखरा रंगशालामा ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टको आयोजना गरेको छ, जसले संगीत र खेललाई एउटै मञ्चमा ल्याउँदै पोखराको आकाश संगीत र जोशले भरियो।

प्रसिद्ध ब्यान्ड नेपथ्य का गायक अमृत गुरुङ नेतृत्वको टोलीले “हो रामा रामा” बाट कार्यक्रम सुरु गर्दै ‘यो जिन्दगानी’, ‘रेशम’, ‘तालको पानी’, ‘लामपाते सुरती’, ‘मै नाचे छमछमी’ जस्ता चर्चित गीत प्रस्तुत गर्दा रंगशाला झन् उत्साहले गुञ्जायमान बन्यो।

करीब १० हजार दर्शकको उपस्थितिमा आयोजना भएको यस कन्सर्टमा ७ हजार ८ सय जर्सी बिक्री भएको थियो, जसबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणका लागि प्रयोग गरिने आयोजकले जनाएको छ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी का अनुसार गण्डकीमा फुटबल र भलिबल लोकप्रिय छन्, अब क्रिकेट पनि यही पहिचान बन्न सक्छ भन्ने सन्देशका साथ हामीले संगीतलाई खेलसँग जोड्यौं।

अमृत गुरुङले भने, क्रिकेट अब हाम्रो राष्ट्रिय पहिचान बन्दै छ। संगीत जस्तै हामी सबैले यसलाई पनि माया गर्नुपर्छ।

कार्यक्रममा टिकट नराखी, पोखरा एभेन्जर्सको जर्सी खरिद गर्ने दर्शकलाई प्रवेश दिने योजना अपनाइएको थियो, जसले दर्शकहरूमा उत्साह थपेको थियो। पहिलो १ हजार जर्सी १३ घण्टामै बिक्री भएको थियो।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ। पोखरा एभेन्जर्सले यसअघि ‘ट्रफी टुर’ मार्फत गण्डकीका विभिन्न जिल्लामा क्रिकेटको प्रचारसमेत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।