कुलमान घिसिङको नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी ’ जेन–जी र बालेन समूहको साथ

kulman ghising. कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी, सुधन गुरुङ, बालेन्द्र शाह, जनसेवा पार्टी, सुमना श्रेष्ठ, नेपाली राजनीति, नयाँ दल, जेन–जी आन्दोलन, निर्वाचन आयोग

कार्तिक २५, २०८२।   राज नेपाली

kulman ghising. कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी, सुधन गुरुङ, बालेन्द्र शाह, जनसेवा पार्टी, सुमना श्रेष्ठ, नेपाली राजनीति, नयाँ दल, जेन–जी आन्दोलन, निर्वाचन आयोग

काठमाडौं – पूर्वऊर्जा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक शक्ति ‘उज्यालो नेपाल पार्टी’ गठनको तयारी तीव्र बनेको छ। उक्त दलको संयोजक पूर्वऊर्जा सचिव अनुप उपाध्याय हुने र दलमा जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङ, साथै काठमाडौंका मेयर बालेन्द्र शाहको टिम समेत समेटिने भएको छ।

निर्वाचन आयोगमा यसअघि नै दर्ता प्रक्रिया अघि बढेको ‘उज्यालो नेपाल पार्टी’लाई अब घिसिङ पक्षले आधिकारिक रूपमा अघि बढाउने निर्णय गरेको हो। पार्टीको चुनाव चिन्ह ‘बलिरहेको बिजुलीको चिम’ प्रस्ताव गरिएको छ।

उपाध्यायका अनुसार पार्टीले “एक व्यक्ति, एक पद” सिद्धान्त पालन गर्नेछ। यस अनुसार, मन्त्री रहेका घिसिङ अहिले पार्टीको कार्यकारी भूमिकामा नहुने तर सरकारबाट फिर्ता भएपछि अध्यक्षको जिम्मेवारी लिने अपेक्षा गरिएको छ।

कुलमान घिसिङ नेतृत्वमा ‘उज्यालो नेपाल’ अघि बढ्ने निर्णय

संयोजक: पूर्वऊर्जा सचिव अनुप उपाध्याय

जेन–जी नेता सुधन गुरुङ र मेयर बालेन्द्र शाहको टिम पनि समेटिने

सुमना श्रेष्ठले ‘जनसेवा पार्टी’ अलग रूपमा बनाउने तयारी

चुनाव चिन्ह: बलिरहेको बिजुलीको चिम

यसैबीच रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठले भने ‘उज्यालो नेपाल’ नाममा असहमति जनाउँदै छुट्टै ‘जनसेवा पार्टी’ गठन गर्ने निर्णय गरेकी छन्। उनले ‘काउन्सिल अफ लिडर्स’ अवधारणामा आधारित नयाँ पार्टी अगाडि बढाउने बताएकी छन्।

उज्यालो नेपाल पार्टीमा सुधन गुरुङले घोषणा गरेका सातै प्रदेशका जेन–जी संयोजकहरू पनि सहभागी हुने भएका छन्। तीमध्ये कोशीका उपार्जुन चाम्लिङ, मधेशका शिव यादव, बागमतीकी अफ्साना बानु, गण्डकीका प्रदीप पाण्डे, लुम्बिनीका आदित्य आचार्य, कर्णालीकी सुप्रिया शाही र सुदूरपश्चिमका खेमराज साउद रहेका छन् ।

घिसिङ पक्षले आगामी निर्वाचनका लागि ५१ सदस्यीय केन्द्रीय समिति तयार गरि दल दर्ताको अन्तिम चरणमा पुगेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।