Headlines

काठमाडौं महानगरको बजेट असार ३२ गते २५ अर्बभन्दा बढीको प्रस्ताव

सुनिता ढङोल Kathmandu upmear

सुनिता ढङोल Kathmandu upmear

काठमाडौं, असार ३०- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट असार ३२ गते नगरसभाको बैठकबाट पारित हुने भएको छ।

आइतबार बसेको १७औँ नगरसभा बैठकमा मेयर बालेन शाहले बजेटको पहिलो प्रस्तुति गरेका थिए। उनले आगामी बैठक असार ३२ गते दिउँसो २ बजे बस्ने गरी नगरसभा पुनः आह्वान गरेका छन्।

महानगरले प्रस्ताव गरेको कुल बजेटमध्ये:
२५ अर्ब ११ करोड ४३ लाख रुपैयाँ संचित कोषमार्फत खर्च हुने अनुमान गरिएको छ। ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोत वा व्ययभार अन्तर्गत राखिएको छ।

यस बजेटमार्फत शहरी पूर्वाधार विकास, वातावरणीय सुधार, स्वास्थ्य सेवा, स्मार्ट सिटी योजनाहरू, शिक्षा, ट्राफिक व्यवस्थापन र सामाजिक सुरक्षामा ध्यान केन्द्रित गरिने अपेक्षा गरिएको छ।

संविधानअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट पेश गर्नुपर्ने व्यवस्था भए पनि काठमाडौं महानगरले सो समयसीमा नाघेर आइतबार मात्र बजेट सार्वजनिक गरेको हो। तथापि, बजेट स्वीकृतिका लागि आवश्यक नगरसभा बैठक निर्धारित मितिमा आयोजना हुने बताइएको छ।

बजेटसँगै प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले महानगरको भावी दिशा निर्धारण गर्नेछ। बालेन नेतृत्वको टिमले बजेटमार्फत ‘सेफ फुड’ अभियान, ट्राफिक सुधार, स्मार्ट पार्किङ, स्मार्ट प्रविधि प्रणाली, संरक्षण गृह स्थापना, महिला उद्यमशीलता प्रोत्साहन, र वातावरणमैत्री योजना सञ्चालन गर्ने उल्लेख गरेका छन्।

महानगरले ल्याएको बजेट राशिमा ठूलो भए पनि कार्यान्वयनको पक्ष कमजोर हुने अघिल्लो वर्षको अनुभव अझै ताजै छ। यसपटक बालेन नेतृत्वले घोषणाहरूलाई व्यवहारमा उतार्न दृढता, पारदर्शिता र समयबद्धता देखाउनुपर्नेछ।

काठमाडौं महानगरपालिकाको बजेट बिस्तृतमा:

kathmandu-budget-kathmandudainik.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *