Headlines

काठमाडौं महानगरको छात्रवृत्ति योजनामा ३३६१ विद्यार्थी छनोट

बालेन साह, balen shah. काठमाडौं महानगर छात्रवृत्ति, निजी विद्यालय छात्रवृत्ति, कक्षा ११ छात्रवृत्ति, शिक्षा विभाग काठमाडौँ, लक्षित वर्ग छात्रवृत्ति, नेपाल शिक्षा नीति, छात्रवृत्ति प्रवेश परीक्षा, merit-based scholarship Kathmandu

बालेन साह, balen shah. काठमाडौं महानगर छात्रवृत्ति, निजी विद्यालय छात्रवृत्ति, कक्षा ११ छात्रवृत्ति, शिक्षा विभाग काठमाडौँ, लक्षित वर्ग छात्रवृत्ति, नेपाल शिक्षा नीति, छात्रवृत्ति प्रवेश परीक्षा, merit-based scholarship Kathmandu

काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै संस्थागत (निजी) विद्यालयहरूमा छात्रवृत्ति वितरण प्रक्रिया सुरु गरेको छ। यस अन्तर्गत पहिलो चरणमै ३,३६१ विद्यार्थी १४० निजी विद्यालयमा छात्रवृत्तिका लागि मनोनयन भएका छन्।

यस कार्यक्रमअन्तर्गत महानगरले निजी विद्यालयहरूबाट उपलब्ध हुने १० प्रतिशत छात्रवृत्ति कोटामा लक्षित वर्गका विद्यार्थीहरूलाई पहुँच दिने उद्देश्यसहित परीक्षा प्रणालीमार्फत छनोट प्रक्रिया अपनाएको हो। छात्रवृत्तिमा पहुँच पुर्‍याउनका लागि महानगरले प्रवेश परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन र विद्यालय मनोनयनसम्मका सम्पूर्ण कार्य आफूले नै गर्दै आएको छ।

साउन ३ गते भएको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा २४ घण्टाभित्रै सार्वजनिक गरियो। त्यसपछिको साता साउन ६ गते मनोनयनको पहिलो सूची सार्वजनिक गरिएको थियो। मनोनित विद्यार्थीहरूले साउन ९ भित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्नेछ।

महानगर शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार, ‘पहिलो चरणमा नपरेका विद्यार्थीका लागि दोस्रो चरणको सूचना साउन १० पछि प्रकाशन गरिनेछ। रिक्त सिटमा मेरिटअनुसार योग्य विद्यार्थीलाई छात्रवृत्तिमा समावेश गरिनेछ।

यस पटकको छात्रवृत्ति परीक्षामा देशभरिका कक्षा १० पास गरेका १७,२२९ विद्यार्थीले आवेदन दिए। तीमध्ये १६,१३१ जनाको आवेदन पुष्टि भयो भने ५४ परीक्षा केन्द्रमा १४,१७३ परीक्षार्थी सहभागी भए। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित बहुवैकल्पिक प्रश्नहरूमा आधारित थियो।

परीक्षामा १०,८६७ जनाले न्यूनतम ४० प्रतिशत अंकसहित सफलता प्राप्त गरेका छन्। परीक्षा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन तथा शिक्षा विषयहरूमा केन्द्रित थियो।

महानगरले १६० निजी विद्यालयमार्फत कुल ४,४९३ छात्रवृत्ति सिट उपलब्ध गराएको छ। यसमा ४० प्रतिशत सिट सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि ५ प्रतिशत संस्थागत विद्यालयकै छात्रवृत्तिमा पढेकाहरूका लागि १४ प्रतिशत सिट काठमाडौं महानगरका स्थायी वासिन्दाका लागि र १ प्रतिशत ल्यान्डफिल प्रभावित क्षेत्रका लागि छुट्याइएको छ।

काठमाडौं महानगर छात्रवृत्ति, निजी विद्यालय छात्रवृत्ति, कक्षा ११ छात्रवृत्ति, शिक्षा विभाग काठमाडौँ, लक्षित वर्ग छात्रवृत्ति, नेपाल शिक्षा नीति, छात्रवृत्ति प्रवेश परीक्षा, merit-based scholarship Kathmandu

त्यसैगरी महिला, दलित, मधेसी, जनजाति, अपांगता भएका पिछडिएका समुदाय, शहीद वा बेपत्ता परिवारका बालबालिकालाई पनि प्राथमिकतामा राखिएको छ।

महानगरका शिक्षा सल्लाहकार सस्मित पोखरेलका अनुसार सबैभन्दा बढी आकर्षण विज्ञान विषयतर्फ देखिएको छ। विज्ञानमा १,९३१ सिट उपलब्ध भए पनि १०,२६१ जनाले आवेदन दिएका थिए जसमा ८,७५० जनाले पास गरेका थिए। पहिलो चरणमा १,८८० जनालाई मनोनयन गरिएको छ।

विपरीत रूपमा व्यवस्थापन, मानविकी, कानुन र शिक्षातर्फ भने सिटभन्दा कम विद्यार्थीले सहभागीता जनाएका कारण केही सिट रिक्त रहने अवस्था आएको हो। यद्यपि महानगरले अन्त्यमा मेरिटका आधारमा सबै सिट भर्न प्रतिबद्धता जनाएको छ।

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति प्रणालीलाई अधिक पारदर्शी र समावेशी बनाउन लगातार सुधार गर्दै आएको छ। विद्यालयहरूको भनसुन र पहुँचमा आधारित छात्रवृत्ति प्रणालीलाई हटाएर योग्य, लक्षित र पहुँचबाहिरका विद्यार्थीलाई अवसर दिने प्रयास प्रशंसनीय देखिन्छ।

यसपटकको १७ हजार बढी विद्यार्थी सहभागिता र स्वचालित व्यवस्थापनले यस कार्यक्रमप्रति विश्वास र रुचि बढेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *