काजकिस्तानकी अपोजिट हिटर अलेना काठमाडौं स्पाइकर्समा

अलेना कोलोतिजिना, काठमाडौं स्पाइकर्स, महिला भलिबल लिग, नेपाल महिला भलिबल, विदेशी खेलाडी नेपाल, नेपाली भलिबल टिम, एभरेष्ट महिला भलिबल, भलिबल लिग नेपाल, काजकिस्तानकी भलिबल खेलाडी, काठमाडौंको भलिबल टोली, नेपाली खेलकुद समाचार, महिला खेलाडी नेपाल, विदेशी खेलाडी अनुबन्ध, एभरेष्ट लिग २०८२, नेपाल भलिबल २०२५ काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतिजिन
अलेना कोलोतिजिना, काठमाडौं स्पाइकर्स, महिला भलिबल लिग, नेपाल महिला भलिबल, विदेशी खेलाडी नेपाल, नेपाली भलिबल टिम, एभरेष्ट महिला भलिबल, भलिबल लिग नेपाल, काजकिस्तानकी भलिबल खेलाडी, काठमाडौंको भलिबल टोली, नेपाली खेलकुद समाचार, महिला खेलाडी नेपाल, विदेशी खेलाडी अनुबन्ध, एभरेष्ट लिग २०८२, नेपाल भलिबल २०२५
काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतिजिन

साउन २९, २०८२।

काठमाडौं – एभरेष्ट महिला भलिबल लिगका लागि काठमाडौं स्पाइकर्सले काजकिस्तानकी भलिबल खेलाडी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ। दोस्रो विदेशी खेलाडीका रूपमा अलेनालाई अनुबन्ध गर्दै टोलीले लिगका लागि तयारी तीव्र बनाएको हो।

२९ वर्षीया अलेना अपोजिट हिटर हुन् र उनले काजकिस्तानको भीसी कौन्यास तथा अस्ताना क्लबबाट खेलिसकेकी छन्। उनले एभीसी महिला च्याम्पियन्स लिगमा पनि सहभागिता जनाइसकेकी छिन्।

यसअघि टोलीले बुल्गेरियाकी सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ। दुई विदेशी खेलाडीको आगमनसँगै स्पाइकर्स अझ सन्तुलित हुने विश्वास गरिएको छ।

अलेना कोलोतिजिना, काठमाडौं स्पाइकर्स, महिला भलिबल लिग, नेपाल महिला भलिबल, विदेशी खेलाडी नेपाल, नेपाली भलिबल टिम, एभरेष्ट महिला भलिबल, भलिबल लिग नेपाल, काजकिस्तानकी भलिबल खेलाडी, काठमाडौंको भलिबल टोली, नेपाली खेलकुद समाचार, महिला खेलाडी नेपाल, विदेशी खेलाडी अनुबन्ध, एभरेष्ट लिग २०८२, नेपाल भलिबल २०२५
अलेना कोलोतिजिना

गत सिजन तेस्रो स्थानमा रहेको काठमाडौं स्पाइकर्सले यसपटकको संस्करणमा बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। टोलीमा नेपाली

राष्ट्रिय टोलीकी स्पाइकर उषा भण्डारी मार्की खेलाडीका रूपमा छन् भने अन्य खेलाडीहरूमा मनिषा चौधरी, यमुना रसाइली, रीमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आसिका क्षत्री र भुवनेश्वरी चन्द रहेका छन्। टोलीको मुख्य प्रशिक्षक लोकबहादुर बुढा हुन्।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुनेछ। टोलीले तेस्रो विदेशी खेलाडीको नाम पनि चाँडै सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।