Headlines

कांग्रेस नेताको आरोप ‘कम्युनिष्टहरू सङ्घीयतामा विश्वासै गर्दैनन्

विमलेन्द्र निधि, सङ्घीयता, कम्युनिष्ट दल, संविधान संशोधन नेपाल, नेपाली कांग्रेस नीति, राजनीतिक बहस नेपाल, संघीय व्यवस्था, संविधान संशोधन २०८७

विमलेन्द्र निधि, सङ्घीयता, कम्युनिष्ट दल, संविधान संशोधन नेपाल, नेपाली कांग्रेस नीति, राजनीतिक बहस नेपाल, संघीय व्यवस्था, संविधान संशोधन २०८७

काठमाडौं,साउन १० – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कम्युनिष्ट दलहरू सङ्घीयता प्रतिको निष्ठा र विश्वासप्रति प्रश्न उठाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्टहरू सङ्घीय व्यवस्थामा विश्वासै नगर्ने आरोप लगाउँदै संविधान संशोधन गर्ने क्षमता र इच्छाशक्ति कांग्रेससँग मात्रै रहेको दाबी गरे।

निधिले भने संविधान संशोधन हाम्रो प्रतिबद्धता हो। हामीले जनतालाई वाचा गरिसकेका छौँ। यो कांग्रेसले गर्छ। कम्युनिष्टहरू त सङ्घीयता मान्दैनन् नै त्यसको प्राथमिकता उनीहरूमा छैन। हामीले उनीहरूलाई मनाउनुपर्छ।

उनका अनुसार अहिले दुईतिहाइ नपुगे पनि २०८७ सालसम्म संविधान संशोधन सम्भव हुने विश्वास राख्नुपर्नेछ। दुईतिहाइ अहिले नपुग्ला तर पछि पुग्छ। त्यसका लागि बहस सुरु हुनैपर्छ निधिले जोड दिए।

उनले राष्ट्रिय बहस आवश्यक रहेको भन्दै बहसमा संख्याको सीमामा अल्झिन नहुने बताए। हामीले जुन विचारधारा लिएर अघि बढेका छौँ त्यो नै राष्ट्रका लागि उपयुक्त छ। त्यसैले कांग्रेसले अब राष्ट्रिय बहसलाई अभियानका रूपमा अघि बढाउने निर्णय गरिसकेको छ उनले भने।

नेता निधिले २०८७ सालसम्म संविधान संशोधन सम्भव हुने संकेत गर्दै कांग्रेसले त्यसका लागि अभियान चलाउने बताए। उनले भने हामी विचार र प्रणालीमा स्पष्ट छौँ। बहस राष्ट्रिय स्तरमा हुनुपर्छ। संशोधनको आवश्यकता छ भन्ने कुरा जनतामाझ पुर्‍याउनु पर्छ ।

उनले कम्युनिष्ट दलहरूका नेताहरूले सङ्घीयतालाई बाधा पुर्‍याउने मनस्थितिमा रहेको भन्दै आलोचना पनि गरे।

यसअघि नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधान संशोधन २०८७ सालतिर मात्र सम्भव हुने बताएका थिए। उनले सत्तासाझेदारीका बेला उक्त मिति उल्लेख गर्दै संशोधन अहिलेको प्राथमिकता नभएको संकेत दिएका थिए।

गत वर्ष कांग्रेस–एमालेबीच सत्ता गठबन्धनको समझदारी भएको समयमा संविधान संशोधनलाई मुख्य मुद्दा बनाइएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *