कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन, संसद पुनर्स्थापना, गगन थापा, पूर्णबहादुर खड्का, पार्टी विवाद, नेपाली राजनीति, कांग्रेस समाचार

कार्तिक २५, २०८२।   प्रयास लामा

नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन, संसद पुनर्स्थापना, गगन थापा, पूर्णबहादुर खड्का, पार्टी विवाद, नेपाली राजनीति, कांग्रेस समाचार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्दैछ। आइतबार र सोमबार स्थगित गरिएको बैठक आज पुनः सञ्चालन हुँदैछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २८ गतेदेखि लगातार चलिरहेको छ।

बैठकमा अहिलेको मुख्य बहस आगामी १५औँ महाधिवेशनको मिति र संसद् पुनर्स्थापनाबारे कांग्रेसको आधिकारिक धारणा निर्धारणमा केन्द्रित रहेको छ।

महाधिवेशन मितिमाथि गुटगत मतभेद

बैठकमा दुई धार स्पष्ट देखिएका छन्।

संस्थापन पक्ष – फागुनको निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छ।

इतर पक्ष – चुनावअघि नै मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ।

संस्थापन पक्षको आशंका छ कि, चुनावअघि महाधिवेशन गरे इतर समूहले पार्टी कब्जा गर्न सक्छ भने, इतर पक्षले माहोल तातेको बेला आफ्नो पक्षको नेतृत्व स्थापित गर्न सजिलो हुने ठानेको छ। यही कारण पार्टीभित्र गुटगत तानातान र दोषारोपण तीव्र भएको बताइन्छ।

बैठकसँगै कांग्रेसभित्र संसद् पुनर्स्थापनाबारे पनि नयाँ बहस सुरु भएको छ। विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहे पनि औपचारिक निर्णय नगरेको कांग्रेसमा अहिले हस्ताक्षर अभियान सुरु भएको छ।

संस्थापन र इतर पक्ष दुवै यस अभियानमा संलग्न छन्। एमालेले संसद पुनर्स्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा उत्रिएपछि कांग्रेस पनि त्यसै दिशातर्फ खुल्दै गएको छ।

महामन्त्री गगन थापाले भने सामाजिक सञ्जालमार्फत भनेका छन्, फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। यही बाटो संविधानलाई सही मार्गमा ल्याउने हो, यसमा कुनै अलमल छैन। थापाले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको स्पष्ट धारणा प्रस्तुत भइसकेको पनि बताए।

कांग्रेसको विधानको धारा १७ अनुसार, प्रत्येक चार वर्षमा नियमित महाधिवेशन हुनुपर्ने व्यवस्था छ। तर विशेष कारणमा ४० प्रतिशत प्रतिनिधिले माग गरे विशेष महाधिवेशन बोलाउन सकिन्छ। हाल ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइसकेका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने, सबै विचार छलफलकै माध्यमबाट निष्कर्षमा पुग्ने हो। सहमतिका वातावरण बनाउन हिजो पनि प्रयास भयो, आज पनि जारी छ, भोलि पनि हुनेछ।

पार्टीभित्रको गुटगत राजनीति र संसद पुनर्स्थापनाको मतभेदले कांग्रेसलाई आन्तरिक रूपमा चुनौतीपूर्ण मोडमा पुर्‍याएको छ। आज बस्ने बैठकबाट केही ठोस निर्णय नआए पार्टी नेतृत्वमा अस्थिरता अझ बढ्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।